राष्ट्रियसभाद्वारा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत « Khabarhub

राष्ट्रियसभाद्वारा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत


२३ माघ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत गरिएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव माथिको सैद्धान्तिक छलफलपछि उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनारायण विडारीले विश्वविद्यालयको मूलभूत सिद्धान्तका बारेमा विधेयकमा अलि प्रस्ट हुन नसकेको टिप्पणी गरे ।

त्यस्तै सांसद डा विमला राई पौडेलले सम्बन्धित निकायसँग प्राप्त छलफल गरेर मात्रै विधेयकलाई पूर्णता दिनुपर्नेमा जोड दिए । सांसद रामप्रीत पासवानले संविधानमा व्यवस्था गरिएको समानुपातिक व्यवस्थालाई विधेयकले ध्यान नदिएको बताए ।

सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले दर्शन, संस्कृति र प्रकृतिको आवश्यकताका आधारमा विधेयक आएको प्रस्ट पारे ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  ४ : ५८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको