धुर्मुस-सुन्तलीले बनाउँदै गरेको रंगशाला निर्माणका लागि आयोजित महायज्ञमा उठ्यो एकै दिन ५ करोड « Khabarhub

धुर्मुस-सुन्तलीले बनाउँदै गरेको रंगशाला निर्माणका लागि आयोजित महायज्ञमा उठ्यो एकै दिन ५ करोड


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी ‘धनधान्याचल महोत्सव’ महायज्ञमा एकै दिन ५ करोड दान दक्षिणा संकलन भएको छ ।

बिहिबार मात्रै करिब पाँच करोड संकलन भएको सांसद समेत रहेका संयोजक विजय सुवेदीले जानकारी दिए । उनले महायज्ञमा सहभागी जनाउने र सहयोग गर्नेको उत्साही रहेको जनाए ।

जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैंया सहयोग गरेको छ । यस्तै चितवनको पोल्ट्री क्षेत्रबाट एक करोड सहयोगको घोषणा गरिएको छ । नेपाल पोल्ट्री महासंघका केन्द्रिय अध्यक्ष गुणचन्द्र बिष्टले १ करोड सहयोगको घोषणा गरेका हुन् । उनले महायज्ञस्थलमा पुगेर ५० लाख नगद दिएका छन् भने बाँकी रकम छिट्टै पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

यसैगरी चितवनका उद्योगी व्यवसायीको तर्फबाट ६३ लाख सहयोग गरिएको छ । माडी नगरपालिकाले ३० लाख रंगशाला निर्माणका लागि सहयोग गरेको छ ।

रंगशाला निर्माणार्थ सहयोगका लागि आयोजना गरिएको महायज्ञमा बुधबार एक करोड आर्थिक संकलन भएको थियो । महायज्ञ आउँदा माघ २६ गतेसम्म चल्नेछ ।

महायज्ञबाट रु ५० करोड संकलन गर्ने लक्ष्य रहेको समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए । मूल वाचकका रुपमा पण्डित दिनबन्धु पोख्रेल छन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ६ : ०७ बजे

यस्तो छ आजका लागि तरबारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर – यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै : यस्तो छ निर्वाचन तालिका

काठमाडौँ– नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन

हर्मुज जलडमरूमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा अमेरिकाको पूर्ण नियन्त्रण

महेश–धापुङ–ताराखोला सडक निर्माण

म्याग्दी– महेश–धापुङ–ताराखोला सडक निर्माण सम्पन्न भएको छ । जिल्ला पूर्वाधार