मुलुकको सुरक्षा र एकता कायम गर्न सेना सधैँ अग्रसर: प्रधानसेनापति थापा « Khabarhub

मुलुकको सुरक्षा र एकता कायम गर्न सेना सधैँ अग्रसर: प्रधानसेनापति थापा


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको सुरक्षा र एकता कायम गर्न सेना सधैँ अग्रसर रहेको बताएका छन् ।

कैलालीको  गोदाबरी नगरपालिकास्थित सेनाको तेघरी ब्यारेकमा आयोजित सुदूरपश्चिम प्रदेश भुपूसैनिक सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानसेनापति थापाले नेपाली सेना राष्ट्रिय एकताको प्रतिक भएको बताए ।

सेनाको पहलमा एकीकरण पदमार्ग निमार्ण भइरहेको स्मरण गराउँदै उहाँले विखण्डनको विचारलाई परास्त पार्ने मात्र नभई देशभक्ति, राष्ट्रियता र एकताको विजारोपण गरी ऐतिहासिक पर्यटनको विकास गर्नतर्फ सेना अग्रसर रहेको बताए ।

“सेना नागरिकको आस्था र भरोसाको केन्द्रविन्दु पनि हो”, उनले भने, “सम्पूर्ण नागरिकलाई एकताको शुत्रमा एकबद्ध बनाइराख्न सेनाबाट अनवरत रुपमा प्रयास हुँदै आएको छ ।”

राष्ट्रिय स्वाधीनता अखण्डता कायम राख्न भुपूसैनिकको अहम भूमिका रहने भन्दै प्रधानसेनापति थापाले अवकाश प्राप्त सैनिकको आर्थिक, सामाजिक समुन्नतिका लागि सेनाले विभिन्न कल्याणकारी कार्यक्रम ल्याएको बताए ।

उनले भुपूसैनिकबाट राय सुझाव सङ्कलन गरी लोक कल्याणकारी कार्यक्रम थप प्रभावकारी बनाउने उद्देश्यले मुलुकका सबै प्रदेशममा भुपूसैनिक सम्मेलनको आयोजना गरिएको बताए ।

सम्मेलनमा भूपूसैनिकलाई लक्षित गरी स्वास्थ्य उपचार सेवा, लघुवित्त कार्यक्रमका ऋणिलाई चेक हस्तान्तरण, सर्वोत्कृष्ट र उत्कृष्ट व्यवसायीलाई पुरस्कार, ज्येष्ठ सैनिक र एकलको सम्मान एवं अशक्तलाई ह्विल चियर प्रदान गरिएको थियो ।

प्रधानसेनापति थापाले भुपूज्येष्ठ सैनिक सदस्य ९२ वर्षीय कृष्णबहादुर खत्री र ज्येष्ठ एकल महिला १०४ वर्षीया भद्रकाली कठायतलाई सम्मान गरेका थिए । त्यसैगरी अवकाशपछि नागरिक जीवन बिताएर विभिन्न आयमूलक व्यवसायमा सफतला हात हासिल गरेका एक दर्जन बढी भुपूसैनिकलाई प्रशंसापत्र वितरण गरिएको छ ।

सम्मेलनपछि प्रधानसेनापति थापाले भूपूसैनिकसित अन्तरक्रिया गरेका थिए । सो अन्तरक्रियामा बोल्दै उनले भुपूसैनिक र तिनका परिवारजन, वीरगति प्राप्त सैनिकका परिवारलाई सम्बोधन हुने खालका प्याकेज ल्याउन सरकार र सेनाले गृहकार्य गरिरहेको बताए ।

नेपाल इन्भेस्टमेन्ट बैंकले लघुवित्त कार्यक्रममार्फत सहुलियत ब्याज दरमा नेपाली सेनाको संयोजनमा भुपूलाई सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउँदै आएको जनाइएको छ ।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशका सात वटा जिल्लाका परम्परागत संस्कृति झल्किने सांस्कृति प्रस्तुति देखाइएको थियो । सेना कल्याणकारी निर्देशनालयको आयोजना र सुदूरपश्चिम पृतनाको संयोजनमा भएको सम्मेलनको अवसरमा शुक्रबारदेखि तेघरी ब्यारेकमा तीनदिने बृहत स्वास्थ्य शिविरको आयोजना सेनाले गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १० : १५ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा