हेटौँडा अस्पतालमा छुट्टै ‘नोबेल कोरोना उपचार कक्ष’ « Khabarhub

हेटौँडा अस्पतालमा छुट्टै ‘नोबेल कोरोना उपचार कक्ष’


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– हेटौँडा अस्पतालले कोरोना भाइरस उपचार गर्न छुट्टै ‘कोरोना भाइरस उपचार कक्ष ’तयार गरेको छ ।

वाग्मती प्रदेश सरकार अन्तर्गतको सबैभन्दा ठूलो अस्पतालका रुपमा यो अस्पताल रहेको छ । सो भाइरसका लक्षण देखिएका विरामी आएमा छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रमुख डा प्रवीण श्रेष्ठले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयको निर्देशनअनुसार अस्पतालले दुई वटा कोठा छुट्याएको छ । अस्पतालमा हाल दैनिक पाँचदेखि सात सयको हाराहारीमा बिरामी सेवा लिन आउने गरेका छन् ।

सेवा लिन आउने बिरामीमा कोरोना भाइरसको लक्षण हालसम्म देखिएको छैन । भाइरसको लक्षण देखिए तत्काल रगतको नमूना सङ्कलन गरी प्रयोगशालामा पठाइने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । अस्पतालले उपचारका लागि आउने बिरामीलाई सो भाइरससम्बन्धी सचेतना समेत गराइराखेको छ ।

यसैबीच प्रदेशको स्वास्थ्य निर्देशनालयले सो भाइरसको सङ्क्रमण फैलिन नदिन अपनाउनुपर्ने सावधानी तथा भाइरस फैलिएमा नियन्त्रणका लागि अपनाउन सकिने उपायका बारेमा छलफल गरेको छ ।

सुरक्षाको प्रत्याभूति गराएका छौ : मन्त्री जम्कट्टेल

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले प्रदेशका सबै नागरिकलाई सक्षम गराउने लक्ष्य लिएको बताए । हेटौँडा उपमहानगरपालिका–१४ मयुरधापमा अस्थायी प्रहरी चौकीको उद्घाटन गर्दै उहाँले नागरिकलाई सक्षम बनाउन सुरक्षाको प्रत्याभूति आवश्यक पर्ने उल्लेख गरे ।

वाग्मती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरलगायतले सुरक्षाको प्रत्याभूति भएमा मात्र समाज सिर्जनशील हुने धारणा राखे ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १० : ३३ बजे

बबरमहल क्षेत्रमा प्रदर्शनरत एमालेका कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौं–  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै

बालेन सरकारसँग आशावादी हेटौँडा सिमेन्ट उद्योग (तस्बिरहरू)

हेटौँडा– देशको पुरानोमध्येको एउटा सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग बेलामौकामा

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

रविको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको

मोडल इभा गिरीले साइन गरिन् ‘पाँच पाण्डव’

काठमाडौं – मोडल तथा सामाजिक सञ्जालकी चर्चित पात्र इभा गिरीले