‘तपस्वी’ रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीको आश्रममा « Khabarhub

‘तपस्वी’ रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीको आश्रममा


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– तपस्वीको रुपमा चिनिँदै आएका रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी उनको सिन्धुलीस्थित आश्रम पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही र सिन्धुलीको टोली सिन्धुलीको कमलामाई नगरपालिका–८ पैरेस्थित बम्जनको आश्रममा पुगेको हो । तर, प्रहरीले बम्जनलाई भने फेला पारेको छैन ।

बम्जनमाथि व्यक्ति बेपत्ता पारेको, महिला अनुयायीमाथि जबरजस्ती करणी गरेकोलगायत आरोप छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको निवेदनानुसार जिल्ला अदालत सर्लाहीले बिहीबार मात्रै बम्जनलाई पक्राउ गर्न अनुमति प्रदान गरेको थियो ।

प्रहरीले गित डेढ वर्षदेखि बम्जनविरुद्ध अनुसन्धान गरिरहेको छ । गत वर्ष नै बम्जनविरुद्ध आश्रमका केही महिला अनुयायी (आनी)सहितका व्यक्तिलाई बेपत्ता पारेको उजुरी परेको थियो ।

बम्जनविरुद्ध नुवाकोटकी कर्मा तामाङ, सर्लाहीकी रिता बोट, मकवानपुरकी फूलमाया रुम्बा, सुरेश आलेमगर र सञ्चमान वाइवालाई बेपत्ता पारेको आरोप छ ।

व्यक्ति बेपत्ता तथा हत्या गरेको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरो (सीआईबी)ले समेत बम्जनविरुद्ध अनुसन्धान गरिरहेको छ ।

सीआईबीसहित प्रहरीको टोलीले गत वर्षको पुसमा समेत बम्जनको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको बाडेगाउँस्थित आश्रममा छापा मारेको थियो । सीआईबीको टोलीले त्यतिबेला केही महत्वपूर्ण प्रमाण फेला पारेको बताएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ११ : १० बजे

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७