‘तपस्वी’ रामबहादुर बमजन फरार, आश्रमबाट निकट सहयोगी ‘तोपचेन’ पक्राउ « Khabarhub

‘तपस्वी’ रामबहादुर बमजन फरार, आश्रमबाट निकट सहयोगी ‘तोपचेन’ पक्राउ


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– तपस्वीको रुपमा चिनिँदै आएका रामबहादुर बम्जनलाई पक्राउ गर्न गएको प्रहरीले उनका निकटतम सहयोगी ज्ञानकुमार भोमजनलाई नियन्त्रणमा लिएको छ । अदालतबाट पक्राउ पूर्जी जारी भएपछि बमजन भने फरार भएका प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुरोधका आधारमा शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले सिन्धुलीस्थित बमजनको आश्रममा सर्च अपरेशन चलाएको थियो ।

खोजीका क्रममा बमजन फेला नपरेपछि आश्रममा ‘तोपचेन’ नामले चिनिने ज्ञानकुमार भोमजनलाई ‘बोलाएर ल्याइएको’ सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जु सिग्देलले खबरहबलाई जानकारी दिइन् ।

‘सर्लाही प्रहरीको अनुरोधमा हामीले आज (शुक्रबार) बिहानैदेखि आश्रममा सर्च अपरेशन चलाएका थियौं । खोजीका क्रममा बमजन नभेटिएपछि उनका निकट सहयोगीलाई बोलाएका छौं,’ एसपी सिग्देलले खबरहबसँग भनिन्, ‘अहिले बमजनका सहयोगीसँग सोधपुछ भइरहेको छ ।’

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले शुक्रबार बिहानदेखि कमलामाई नगरपालिका–८ पैरेस्थित बम्जनको आश्रममा खोजी शुरु गरेको थियो । खोजीका क्रममा अनुयायीहरुले ‘असहयोग’ गरेपछि बमजनलाई फेला पर्न नसकिएको आश्रम पुगेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एक अधिकारीले जानकारी दिए ।

बम्जनमाथि व्यक्ति बेपत्ता पारेको, महिला अनुयायीमाथि जबरजस्ती करणी गरेकोलगायत आरोप छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको निवेदनानुसार जिल्ला अदालत सर्लाहीले बिहीबार मात्रै बम्जनलाई पक्राउ गर्न अनुमति प्रदान गरेको थियो ।

प्रहरीले गित डेढ वर्षदेखि बम्जनविरुद्ध अनुसन्धान गरिरहेको छ । गत वर्ष नै बम्जनविरुद्ध आश्रमका केही महिला अनुयायी (आनी)सहितका व्यक्तिलाई बेपत्ता पारेको उजुरी परेको थियो ।

बम्जनविरुद्ध नुवाकोटकी कर्मा तामाङ, सर्लाहीकी रिता बोट, मकवानपुरकी फूलमाया रुम्बा, सुरेश आलेमगर र सञ्चमान वाइवालाई बेपत्ता पारेको आरोप छ ।

व्यक्ति बेपत्ता तथा हत्या गरेको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरो (सीआईबी)ले समेत बम्जनविरुद्ध अनुसन्धान गरिरहेको छ ।

सीआईबीसहित प्रहरीको टोलीले गत वर्षको पुसमा समेत बम्जनको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको बाडेगाउँस्थित आश्रममा छापा मारेको थियो । सीआईबीको टोलीले त्यतिबेला केही महत्वपूर्ण प्रमाण फेला पारेको बताएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ११ : ५५ बजे

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म

एक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात तीन खर्ब नाघ्यो

काठमाडौं– गत आर्थिक वर्ष ०८२-८३ को १ वर्ष अवधिमा नेपालमा

टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने

काठमाडौं– काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र

नेपालले गुमायो पाचौँ विकेट, दीपेन्द्रसिंह ऐरी आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाचौँ विकेट

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

काठमाडौं– कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् ।