देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु « Khabarhub

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाग्लुङ, महोत्तरी, कञ्चनपुर र बैतडीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

बाग्लुङ, तमानखोला गाउँपालिका-३ बुलबुलेस्थित सडकमा म्याग्दीको मालिकाबाट जन्ती लिएर जाँदै गरेको ग.१ त ५७६२ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार म्याग्दी मालिका गाउँपालिका-२ जेम बस्ने २१ वर्षीया रिता पुन समेत ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका ५ जनाको स्थानीय स्वास्थ्य चौकी बोङ्गादोभानमा उपचार भइरहेको छ भने ४ जनालाई थप उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङतर्फ पठाइएको छ ।

महोत्तरी, पिपरा गाउँपालिका-५ सहोडवास्थित सडकमा ज.१ ख ७५८ नम्बरको बसले ज.७ प ८५४५ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिंदा मोटरसाइकल चालक पिपरा गाउँपालिका-५ बस्ने १७ वर्षीय राजेन्द्र शर्माको घट्नास्थलमै मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-१९ बागफाँटास्थित सडकमा म.२ प ७३५८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री ८० वर्षीया तुलसी देवी चन्दको महाकाली अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बैतडी, दशरथचन्द नगरपालिका-२ हुसिल्लामोडस्थित सडकमा बा.६ प ९१९९ नम्बरको कार अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही नगरपालिका-४ शाहिलेक बस्ने २८ वर्षीय हरीश तिरुवाको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका कारमा सवार दार्चुला शैल्यशिखर नगरपालिका-९ बस्ने ३६ वर्षीय डिकर देब पाण्डेलाई थप उपचारको लागि धनगढीतर्फ पठाइएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १२ : ४९ बजे

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७