कांग्रेसको अवरोधपछि संसद बैठक आधा घण्टाका लागि स्थगित « Khabarhub

कांग्रेसको अवरोधपछि संसद बैठक आधा घण्टाका लागि स्थगित


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

शुक्रबार दिउँसो १ः२० बजेतिर शुरु भएको बैठक कांग्रेसका सांसदको अवरोध पछि सभामुख अग्नि सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा आफ्ना नेता विजयकुमार गच्छदारलाई प्रतिवादी बनाइएको विरोधमा कांग्रेसले सदन अवरोध गर्दै आएको छ ।

गच्छदारलाई प्रतिवादी बनाइएको विरोधमा कांग्रेसले बिहीबार पनि संसद बैठक अवरुद्ध पारेको थियो ।

बिहीबार कांग्रेसको अवरोधका कारण स्थगित भएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १ : ४५ बजे

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौँ– सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई

धनगढीबाट डा. गोविन्द केसी २४औँ सत्याग्रह

काठमाडौँ – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग

झमककुमारीको सशक्त सन्देश- सामर्थ्यवान् शरीर हुँदाहुँदै किन ज्यान फाल्नुहुन्छ ?

जीवनले कहिलेकाहीँ यति धेरै परीक्षा लिन्छ कि हार मान्न मन