संसदमा कांग्रेसको प्रश्न– अख्तियारले सरकार पक्षका लागि बोक्ने, विरोधीलाई ठोक्ने गर्न मिल्छ ? « Khabarhub

संसदमा कांग्रेसको प्रश्न– अख्तियारले सरकार पक्षका लागि बोक्ने, विरोधीलाई ठोक्ने गर्न मिल्छ ?


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै अख्तियारी मिचेको आरोप लगाएको छ ।

शुक्रवार निर्धारित समय १ बजेभन्दा करिब आधाघन्टा ढिला गरि संसद बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु उठेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले सदनको काम कारवाही सुरु गर्नासाथ कांग्रेसका सांसदहरु उभिए । त्यसपछि सभामुख सापकोटाले कांग्रेस सांसद मिनबहादुर विश्वकर्मालाई बोल्न समय उपलव्ध गराए ।

सांसद विश्वकर्माले संसद अवरुद्ध गर्नु कांग्रेसको रहर नभइ बाध्यता भएको बताए ।

‘चिसो मौसममा राजनीतिक वृत्त न्यायिक क्षेत्रमा अख्तियारले गरेको निर्णयका कारण काठमाडौं र मुलुक तातिएको छ । लोकतन्त्रका लागि दशकौं लडेको पार्टी हो, हिजो पनि हामीले संसद अवरुद्ध गर्‍यौं, यो कांग्रेसको रहर होइन बाध्यता हो ’ उनले भने ।

सांसद विश्वकर्माले अख्तियारले राजनीतिक पूर्वाग्रह राख्दै कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छादारमाथि मुद्दा चलाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै आफ्नो अख्तियारी दुरुपयोग गरेको आरोप लगाए ।

‘अख्तियारले गरेको निर्णयमा झट्ट हेर्दा के पाइन्छ भने अख्तियारले नै आफ्नो अख्तियारीको दुरुपयोग गर्‍यो’ सांसद विश्वकर्माले भने,‘ललिता निवास प्रकरण काण्डमा जुन प्रधानमन्त्रीले निर्णय गर्नुभयो उहाँले ठूलो उपलव्धि भन्नु भएको छ, सचिवले गौरबमय आयोजना भन्नु भएको छ । अनि जसको कार्यक्षत्र ने पर्दैन उहाँलाई मात्र मुद्दा ।’

‘जसले योजना प्रस्ताव गर्नुभयो, उहाँले उन्मुक्ति पाउने, जसले मन्त्रिपरिषद् बाट निर्णय गराउनु भयो उहाँ पनि महानव्यक्ति । लाजपूर्जा बोकेर हिँड्ने पनि महान व्यक्ति,  भौतिक पूर्वाधार मन्त्रालयमा नै नपर्ने कुरामा चाँही उहाँ दोषी !’ उनले प्रश्न गरे ।

सांसद विश्वकर्माले संवैधानिक अंग गठन गर्नुको कारण तटस्थता का लागि भएको भएपनि कसुरदारलाई उन्मुक्ति र निर्दोशलाई दोषी देखाउने काम भएको आरोप लगाए ।

‘निर्दोषलाई पक्रिउ गरि सारा कसुरदारलाई उन्मुक्ति दिने कुराको थालनी भएको छ यसमा कांग्रेसको आपत्ति छ’, उनले भने,‘ लालपूर्जा फिर्ता गरेर उहाँहरुलाई उन्मुक्ति दिन मिल्छ ।’

निर्णयकर्ता र फिर्ता गर्छु भन्नेलाई उन्मुक्ति दिएर नयाँ नजिर स्थापना गर्न खोजिएको भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको उनले बताए ।

‘कुनै डाक्टरले बिरामीको चार वर्ष अघि चोर्यो र पछि फिर्ता गर्‍यो भने के हुन्छ ?’ उनले प्रश्न गरे,‘ कुनै एक चोरले साउँ व्याज फिर्ता गर्‍यो भने पक्राउ पर्छ कि पर्दैन ?’

न्याय निरुपण गर्ने निकायलाई नै सरकरको छायाँमा राखेको आशंका आफूहरुलाई लागेको मात्र भएपनि सरकारका प्रवक्ताको भनाइबाट त्यो थप पुष्टि भएको उनले बताए ।

‘सरकारले गरेको काम पनि सरकारको उपलव्धि भनेर प्रवक्ताले भनेका छन् यो उपलव्धि हो भने नियोजित रुपमा कांग्रेसका मान्छेलाई थुन्ने जुन प्रपञ्च रचियो यसमा पक्षपात छ कि छैन ?’

‘ सरकारी एउटा निकायमा जसरी बसेर आफ्ना पक्षकालाई बोक्ने र विरोधीलाई ठोक्ने जुन काम भएको छ यो हामीलाई अस्वीकार्य छ’ संसद अवरोध गर्नुअघि सांसद विश्वकर्माले भने ।

कांग्रेसका सबै सांसद उभिएपछि सभामुख सापकोटाले यो विषय अदालतमा रहेको र संसदको क्षेत्राधिकारमा नपर्ने बताएका थिए । तर कांग्रेस सांसदहरु १० मिनेटदेखि उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले बैठक आधा घन्टाका लागि स्थगित गरे ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १ : ५२ बजे

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौँ– सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई

धनगढीबाट डा. गोविन्द केसी २४औँ सत्याग्रह

काठमाडौँ – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग

झमककुमारीको सशक्त सन्देश- सामर्थ्यवान् शरीर हुँदाहुँदै किन ज्यान फाल्नुहुन्छ ?

जीवनले कहिलेकाहीँ यति धेरै परीक्षा लिन्छ कि हार मान्न मन