अमेरिकी राष्ट्रपतीय निर्वाचन : आयोवा ककसमा मेयर पिट बुटेजेज विजयी « Khabarhub

अमेरिकी राष्ट्रपतीय निर्वाचन : आयोवा ककसमा मेयर पिट बुटेजेज विजयी


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डे मोइन– आसन्न अमेरिकी राष्ट्रपतीय निर्वाचन अन्तर्गत डेमोक्र्याटिक पार्टीको उम्मेद्वार मनोनयन गर्नका लागि अमेरिकाका प्रत्येक राज्यमा आयोजना हुने ‘ककस’ तथा ‘प्राइमेरी’ अन्तर्गत आयोवा राज्यमा भएको पहिलो ककसमा इण्डियाना राज्यको साउथ बेण्ड शहरका मेयर पिट बुटेजेज विजयी भएका छन् ।

अत्यन्त विवादास्पद बनेको आयोवा ककसमा उनले भर्मन्ट राज्यका सिनेटर बर्नी स्याण्डर्सलाई झिनो अन्तरले पराजित गरेका हुन् । ३८ वर्षे समलिङ्गी मेयर बुटेजेजले ५ सय ६४ तथा सिनेटर स्याण्डर्सले ५ सय ६२ डेलिगेसन जितेका आयोवा राज्यको डेमोक्र्याटिक पार्टीले जनाएको छ ।

गत फेब्रुअरी ३ मा आयोजना गरिएको आयोवा ककसको मतगणनाका क्रममा प्रयोग भएको एप्लिकेशनमा खराबी आएको भनिएपछि विवादास्पद बनेको थियो । सोही कारण ककस सकिएलगत्तै आउनुपर्ने पूर्ण नतिजा सार्वजनिक हुन बिहीबार अबेरसम्मको समय लागेको थियो । यसअघि मेयर बुटेजेजले नतिजा सार्वजनिक हुनुअघि नै आफूलाई ककसको विजेता घोषणा गरेका थिए ।

सिनेटर स्याण्डर्सका समर्थकले स्याडो नामक कम्पनीले विकास गरेको उक्त एप्लिकेशन निर्माता कम्पनीलाई बुटेजेजको चुनावी अभियानले आर्थिक सहयोग गरेको र सोही कारण ककसमा धाँधली भएको आरोप लगाउँदै आएका छन् ।

आयोवा ककसमा विजयी भएसँगै मेयर बुटेजेजले आयोवा राज्यलाई धन्यवाद दिँदै आफ्नो समर्थनमा आउन अमेरिकीहरुसमक्ष आह्वान गरेका छन् । अर्कोतर्फ सिनेटर स्याण्डर्सको चुनावी अभियानले भने आयोवा ककसमा अनियमितता भएको भन्दै नतिजा विश्वासयोग्य नरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ३ : ५५ बजे

किभ नजिक रुसी क्षेप्यास्त्र आक्रमण, १० जनाको मृत्यु,

किभ– युक्रेनको राजधानी किभ नजिक शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा

अनशनरत डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरियो

धनगढी– धनगढीमा २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य

संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु

काठमाडौं– नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घले सन् २०२८–२०३२ अवधिका लागि

वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अवरुद्ध कालीगण्डकी करिडोर पुनः सञ्चालन

गण्डकी– पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ