झापामा क्यान्सर सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने « Khabarhub

झापामा क्यान्सर सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा–प्रदेश एकमा रहेको एकमात्र क्यान्सर अस्पताल पूर्वाञ्चल क्यान्सर अस्पतालले झापाको धुलाबारीमा क्यान्सर सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

मानिसहरुलाई क्यान्सरको विषयमा सचेतना फैलाउने उदेश्यले क्यान्सर सम्बन्धि सम्मेलन गर्न लागिएको अस्पतालले जनाएको छ ।
सम्मेलन आगामी बैशाख ६ र ७ गते दुईदिन हुने अस्पतालले जनाएको छ ।

प्रदेश एकको झापामा रहेको पूर्वाञ्चल क्यान्सर अस्पताल प्रदेश एकमा पहिलो पटक सञ्चालित क्यान्सर अस्पताल हो ।

एक सय शय्या रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा मेडिकल अंकोलोजी, केमोथेरापी, हेमाटो अंकोलोजी, पेडियाट्रिक अंकोलोजी, रेडिएसन अंकोलोजी, फोरडी सिटी गामा क्यामेरा, क्याथ ल्याब, सर्जिकल अंकोलोजी लगायतको क्यान्सर स्म्बन्धि सबै किसिमका उपचार सेवाको व्यवस्था रहेको छ ।

गत पौष १६ गते देखि सञ्चालमा आएको पूर्वाञ्चल क्यान्सर अस्पतालले विपन्न एवं असहाय तथा जेष्ठ नागरीकलाई लक्षित गरेर शय्या शुल्कमा छुटको समेत व्यवस्था गरेको छ ।

नेपालमा रहेका क्यान्सर पीडित नागरीकलाई कम समय तथा उचित लागत मा उपचार गर्ने उदेश्यले क्यान्सर अस्पताल स्थापन गरीएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ४ : ५० बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य