आलमविरुद्धको मुद्दा अन्य अदालतमा सारेर सुनुवाइ हुनुपर्ने प्रस्ताव अस्वीकार « Khabarhub

आलमविरुद्धको मुद्दा अन्य अदालतमा सारेर सुनुवाइ हुनुपर्ने प्रस्ताव अस्वीकार


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा थुनामा रहेका नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दा जिल्ला अदालत रौतहटबाटै सुनुवाइ हुने भएको छ।

अन्य अदालतमा सारेर सुनुवाइ हुनुपर्ने सरकारी प्रस्ताव उच्च अदालतले अस्वीकार गरेपछि जिल्ला अदालत रौतहटबाट सुनुवाइ हुने भएको हो ।

उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगञ्जले आलमविरुद्धको मुद्दा अन्य अदालतमा सारेर सुनुवाइ हुनुपर्ने सरकारी प्रस्ताव अस्वीकार गरेको हो।

न्यायाधीशद्वय डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारुको इजलाशले ८ बुँदामा व्याख्या गर्दै यस्तो आदेश गरेको हो।

आलमको मुद्दा रौतहट जिल्ला अदालतबाट सुनुवाइ गर्न समस्या भएकाले पर्सा जिल्ला अदालतमा सार्न सरकारी पक्षले निवेदन दिएको थियो।

रौतहट जिल्ला अदालतमा सुनुवाइ हुँदा आलम पक्षले साक्षीलगायत अन्यलाई प्रभावमा पार्ने दाबी गर्दै सरकारी वकिलको कार्यालयले पुस १ गते उच्च अदालत वीरगञ्जमा निवेदन दिएको थियो।

सरकारी पक्षको उक्त निवेदनपछि आलम पुस २८ गते धरौटीमा रिहा हुनुपर्ने माग गर्दै उच्च अदालत पुगेका थिए।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ८ : २७ बजे

बस्ती छाड्ने तरखरमा थापाथलीका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– प्रहरीले बिहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेसँगै अहिले थापाथलीस्थित बागमती

धानमा गवाँरो र मकैमा फौजीकिराको समस्या

चितवन– चितवनमा लगाइएको चैते धानमा गवाँरोको समस्या देखिएको छ ।

रेखा निर्देशित फिल्म तीजमा प्रदर्शन, दयाहाङसँग बक्स अफिस क्ल्यास

काठमाडौं – नायिका रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘माया भनेकै

लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

सार्क विकास प्रतिवेदनमा साझा सहमति

काठमाडौं– सार्क विकास प्रतिवेदनमा सदस्य राष्ट्रहरूले सहमति जनाएका छन् ।