एमसीसी चाँडै पास नभए काम गर्न ढिला हुन्छ : विष्ट | Khabarhub Khabarhub

एमसीसी चाँडै पास नभए काम गर्न ढिला हुन्छ : विष्ट


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालका प्रमुख खड्गबहादुर विष्टले एमसीसी सम्झौता अनुमोदन गर्न ढिलाइ भएको बताएका छन् ।

एमसीसी परियोजना आगामी सालको असार १६ गतेदेखि शुरु गर्नुपर्ने भएकाले चाँडै नै संसदबाट अनु्मोदन हुनुपर्ने विष्टले बताए ।

एमसीसी सहायता परिचालनका लागि नेपाल सरकारले निर्माण गरेको एमसीए नेपालले आज (शुक्रबार) राजधानीमा अयोजना गरेको कार्यक्रममा विष्टले सम्झौता अहिलेसम्म संसदबाट अनुमोदन भइसक्नुपर्ने भएपनि ढिलाइ भएको बताए ।

कार्यक्रममा विष्टले भने, ‘१६ असार १६ मा परियोजना शुरु गर्नु पर्ने अवस्था छ । यदी शुरु हुन सकेन भने नयाँ मितिका लागि प्रस्ताव गर्ने अर्को प्रक्रिया थाल्नुपर्छ । त्यसैले सकेसम्म चाँडो एमसीसी संसदबाट अनुमोदन हुनुपर्छ ।’

अन्य १७ देशमा संसदबाट पारित गरेर एमसीसी कार्यान्वयनमा गएको उदाहरण दिँदै उनले अब ढिला गर्न नहुने बताए ।

एमसीसी अन्तर्गत दुई वटा परियोजना तीनसय किमी उच्च क्षमताको विद्युत् प्रसारण लाइन र एक सय किमी सडक स्तरोन्नति छनोट भएका छन् । परियोजना कार्यान्वयन सुरु गर्नुअघि नेपालले ६ वटा शर्त पूरा गर्नुपर्ने हुन्छ । यसमध्ये नेपाल–भारत सीमापार प्रशारण लाइन निर्माणबारे भारतसँग गर्नुपर्ने सम्झौतासहित चार शर्त पूरा भइसकेको र संसदबाट सम्झौता अनुमोदन तथा आयोजना क्षेत्रमा पहुँच (जग्गा अधिग्रहण) बाँकी रहेको बताए ।

यो परियोजनाका लागि अमेरिकी सरकारले ५० करोड डलर र नेपाल सरकारले १३ करोड डलर खर्च गर्नेछन् । कुल ६३ करोड डलरमा दुई परियोजना कार्यान्वयनमा आउन लागेका हुन् ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ९ : ५२ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न