न्यूजिल्याण्ड मस्जिद आक्रमणकारी विरुद्ध मुद्दा दर्ता « Khabarhub

न्यूजिल्याण्ड मस्जिद आक्रमणकारी विरुद्ध मुद्दा दर्ता


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

४९ जनाको ज्यान जानेगरी न्यूजिल्याण्डको क्रिष्टचर्च शहरमा रहेका दुई मस्जिदमा आक्रमण गर्ने गोराजातीका उग्रवादीविरुद्ध कानूनी कारवाही शुरु गरिएको छ ।

आक्रमणकारी २८ वर्षीय अष्ट्रेलियन नागरिक ब्रेन्टन टर्राण्टलाई अभियोजनकर्ताले क्रिष्टचर्चको डिष्ट्रिक कोर्टमा उपस्थित गराएका थिए । उनीविरुद्ध हत्यासम्बन्धी विभिन्न अभियोग दर्ता गरिएको छ ।

उनले क्रिष्टचर्च शहरको अल नूर मस्जिद तथा नजिकैको लिनउड मस्जिदमा पसेर जथाभावी गोली चलाएका थिए ।

आक्रमणलगत्तै प्रहरीले उनलाई गिरफ्तार गरेका थिए ।

हत्कडीसहित अदालतमा उनी शालिन शैलीमा उपस्थित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी अप्रिल महिनामा पुनः अदालतमा हाजिर हुने त्यसबेला पनि उनीविरुद्ध थप अभियोगहरु दर्ता गरिने बताइएको छ ।

टर्राण्ट गोराजातीको उग्रवादी भएको बताइएको छ । उनले मस्जिदमा भएको आक्रमणको फेसबुकमार्फत् प्रत्यक्ष प्रशारण समेत गरेका थिए ।

आक्रमणअघि उनले ट्विटरमा घोषणापत्र जारी गरेका थिए । घोषणापत्रमा उनले मुसलमानहरुलाई गोरा जातिको नरसंहार गर्न आएका अतिक्रमणकारीको संज्ञा दिएका थिए ।

आक्रमणलाई न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा अर्डनले आतंकवादी हमलाको संज्ञा दिएकी छिन् ।

आक्रमणको विश्वभरबाट निन्दा भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ३ : ४८ बजे

मकवानपुरमा रास्वपालाई ठूलो झट्का, जिल्ला सभापति पराजुली कांग्रेसमा प्रवेश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली

आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’

भोजपुर– भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका स्थानीयलाई सहज रुपमा

दुर्घटनामा परेको बस माछापुच्छ्रे ट्राभल्सको : मालिक पनि थिए सवार

गण्डकी – सोमबार बिहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट

नवलपरासीको देवचुलीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक

मौसम परिवर्तनसँगै बिरामी बढे : सावधानी अपनाउन चिकित्सकको आग्रह

काठमाडौं – काठमाडौं उपत्यका लगायत देशभर भाइरल ज्वरो र रुघाखोकीका