न्यूजिल्याण्ड मस्जिद आक्रमणकारी विरुद्ध मुद्दा दर्ता « Khabarhub

न्यूजिल्याण्ड मस्जिद आक्रमणकारी विरुद्ध मुद्दा दर्ता


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

४९ जनाको ज्यान जानेगरी न्यूजिल्याण्डको क्रिष्टचर्च शहरमा रहेका दुई मस्जिदमा आक्रमण गर्ने गोराजातीका उग्रवादीविरुद्ध कानूनी कारवाही शुरु गरिएको छ ।

आक्रमणकारी २८ वर्षीय अष्ट्रेलियन नागरिक ब्रेन्टन टर्राण्टलाई अभियोजनकर्ताले क्रिष्टचर्चको डिष्ट्रिक कोर्टमा उपस्थित गराएका थिए । उनीविरुद्ध हत्यासम्बन्धी विभिन्न अभियोग दर्ता गरिएको छ ।

उनले क्रिष्टचर्च शहरको अल नूर मस्जिद तथा नजिकैको लिनउड मस्जिदमा पसेर जथाभावी गोली चलाएका थिए ।

आक्रमणलगत्तै प्रहरीले उनलाई गिरफ्तार गरेका थिए ।

हत्कडीसहित अदालतमा उनी शालिन शैलीमा उपस्थित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी अप्रिल महिनामा पुनः अदालतमा हाजिर हुने त्यसबेला पनि उनीविरुद्ध थप अभियोगहरु दर्ता गरिने बताइएको छ ।

टर्राण्ट गोराजातीको उग्रवादी भएको बताइएको छ । उनले मस्जिदमा भएको आक्रमणको फेसबुकमार्फत् प्रत्यक्ष प्रशारण समेत गरेका थिए ।

आक्रमणअघि उनले ट्विटरमा घोषणापत्र जारी गरेका थिए । घोषणापत्रमा उनले मुसलमानहरुलाई गोरा जातिको नरसंहार गर्न आएका अतिक्रमणकारीको संज्ञा दिएका थिए ।

आक्रमणलाई न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा अर्डनले आतंकवादी हमलाको संज्ञा दिएकी छिन् ।

आक्रमणको विश्वभरबाट निन्दा भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ३ : ४८ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ