धनगढी विमानस्थल विस्तार गर्छौँ : मन्त्री भट्टराई « Khabarhub

धनगढी विमानस्थल विस्तार गर्छौँ : मन्त्री भट्टराई


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले गुरुयोजना बमोजिम धनगढी विमानस्थल विस्तारको काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिवार आयोजित धनगढी विमानस्थलको गुरुयोजना प्रस्तुति कार्यक्रममा मन्त्री भट्टराईले भने, “विमानस्थल रहेको क्षेत्रका धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले पनि आफ्नो लगानीको साझेदारी गरोस्, भोलि त्यसको आम्दानी पनि बाँडौँला ।”

उनले स्थानीयवासीले दिएका सुझावलाई समेटेर विमानस्थलको गुरुयोजनालाई अन्तिम रूप दिइने बताए । प्रदेशको राजधानी शहरमा रहेका विमानस्थललाई सक्ने जति विस्तार र स्तरोन्नतिको काम गर्ने सरकारको नीति रहेको बताउँदै उनले भने “यसमा कुनै कञ्जुस्याइँ नगरीकन सकेको काम गर्न पहिलो प्राथमिकता दिएका छौँ ।”

बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल र कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्ने कामसमेत प्राथमिकतामा रहेको उनले जानकारी दिए ।

भारतसँग महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा नाका हुँदै हवाई ‘रुट’ माग गरिएको बताउँदै मन्त्री भट्टराईले भैरहवाका हकमा भारत सहमत भइसकेको भए पनि नेपालगञ्ज र महेन्द्रनगरको विषयमा छलफल चलिरहेको जानकारी दिए ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ९ : १० बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ