मेक्सिकोमा १९ वटा प्लाष्टिक झोलामा भेटिए लाशको अवशेष « Khabarhub

मेक्सिकोमा १९ वटा प्लाष्टिक झोलामा भेटिए लाशको अवशेष


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिकोमा मृतकको अवशेष भरिएका १९ झोला फेला परेको छ ।

मेक्सिकोको आपराधिक ग्याङ्गको हिंसाबाट प्रभावित जालिस्को राज्यमा मानिसहरुको शवको अवशेष भरिएको अवस्थामा १९ वटा प्लाष्टिकका झोला फेला परेका हुन् ।

जालिस्को राज्यको राजधानी गुआडालाजारा शहरबाट ४१ किलोमिटर दक्षिणमा रहेको इक्टाल्हुवाकान डे लोस मेम्ब्रिलोस शहरनजिकै रहेको प्रदुषित नदीमा प्लाष्टिकका झोला फेला परेका हुन् ।

जालिस्को राज्यका महान्यायाधिवक्तको कार्यालयले फोरेन्सिक अनुसन्धान गरिरहेको र झोलामा मृतकको पूरै शव वा शवको टुक्रा रहेकोबारे पत्ता लगाउने कोशिस गरिरहेको जनाएको छ । त्यसबाहेक मृतकको पहिचान गरिएपछि उनीहरु हराइरहेको उजुरी कतै भेटिएको भए त्यसको पनि अनुसन्धान गरिने छ ।

जालिस्को राज्यमा जालिस्को न्यू जेनेरेशन नामक शक्तिशाली ग्याङ्ग सक्रिय रहेको छ । उक्त ग्याङ्गले राज्यका अरु स–साना ग्याङ्गका सदस्यमाथि निरन्तर हिंसात्मक आक्रमणहरु गर्दै आएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ६ : ३७ बजे

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने