पौडेल र रेग्मीको नाममा रहेको ललिता निवासको जग्गा सरकारको नाममा सारियो « Khabarhub

पौडेल र रेग्मीको नाममा रहेको ललिता निवासको जग्गा सरकारको नाममा सारियो


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारको नाममा ल्याइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र र जग्गा धनीको सनाखतपछि पौडेल र रेग्मीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याइएको मालपोत कार्यालय डिल्लीबजार स्रोतले जनाएको छ ।

गत बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर पौडेल र रेग्मी विरुद्ध भने मुद्दा दायर भएको थिएन । उनीहरुले जग्गा सरकारलाई फिर्ता गर्न मञ्जुर भएको बयान दिएका कारण मुद्दा दायर नगरिएको बताइएको थियो ।

सर्वोच्चको निर्देशनको पालना गर्दै पौडेल र रेग्मीको नाममा रहेको बालुवाटारको जग्गा सरकारको नाममा खिचिएको मालपोत कार्यालय डिल्लीबजार स्रोतले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्ताको आडमा एउटै प्रकृतिको मुद्दामा अख्तियारले फरक व्यहार गरेको आरोप लगाउँदै आएको छ ।

रेग्मी र पौडेल जस्तै गरि जग्गा प्राप्त गरेकामाथि मुद्दा चलाएपनि उनीहरुलाई उन्मुक्ति दिन खोजिएको भन्दै कांग्रेसले विरोध गरेको छ भने सामाजिक सञ्जालहरुमा पनि जग्गा फिर्ता गरेर उन्मुक्ति दिन नमिल्ने भन्दै अख्तियारको आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ७ : ५१ बजे

कांग्रेस नेता चालिसेसहित परिवारैविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् काठमाडौंको

सिंहदरबारको पश्चिम गेटमा जेन-जी घाइतेको धर्ना (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न सिंहदरबार जाँदा,

एमालेमा फेरि ओली युग : पाँच वर्ष ओलीकै नेतृत्व र भरोसा

यतिबेला नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्चा

अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनबीचको सम्बन्ध विच्छेदबारे खुलासा 

काठमाडौं– बलिउडका चर्चित जोडी अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनबीच

सुदूरपश्चिमलाई फेरि फाइनलको पीडा : कहाँ चुके खेलाडी ?

काठमाडौं– कुनै पनि प्रतियोगितामा लिग वा समूह चरणमा जति नै