समायोजनले स्वास्थ्य संस्था खाली, करारमा काम चलाइँदै « Khabarhub

समायोजनले स्वास्थ्य संस्था खाली, करारमा काम चलाइँदै


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- गाउँका अधिकांश स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्न अप्ठ्यारो भएपछि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आवश्यक स्वास्थ्यकर्मी करारमा नियुक्ति गरी स्वास्थ्य सेवा सुचारु गरेको छ ।

एक स्टाफ नर्स, आठ अहेव, सात अनमी र छ हेल्थ अशिस्टेन गरी २२ स्वास्थ्यकर्मी नियुक्त गरी सेवा अवरुद्ध हुनबाट जोगाएको गाउँपालिकाले जनाएको छ । कर्मचारी समयोजनसँगै स्वास्थ्यका कर्मचारी अन्यत्रै गएपछि अधिकांश स्वास्थ्य संस्था बन्द हुने अवस्थामा पुगेका थिए ।

सरकारले कर्मचारी नपठाएपछि करारमा कर्मचारी नियुक्त गरिएको गाउँपालिका अध्यक्ष टीका गुरुङले जानकारी दिए ।

‘लामो समयदेखि कर्मचारी छैनन्, गाउँका स्थास्थ्य संस्था कर्मचारीविहीन हुँदा नागरिक सामान्य उपचारबाट समेत बञ्चित हुने अवस्था आयो र सरकारको दायित्वअन्तर्गत रहेर करारमा कर्मचारी नियुक्त गरी पदपूर्ति गरेका हौं’, उनले भने ।

जिल्लाका अन्य गाउँपालिकामा समेत स्वास्थ्यका कर्मचारीको अभाव देखिएको छ । समायोजनपछि सबै कर्मचारीले सुगम रोजेर हिँडेपछि जिल्लाका स्वास्थ्य संस्थामा पर्याप्त कर्मचारी छैनन् । पर्याप्त कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती बेहोर्दै आएका छन् ।

जुम्लादेखि ताप्लेजुङसम्म

शनिबार सो गाउँपालिकाले शनिबार ती करार पदमा लिएको परीक्षामा जुम्लाका परीक्षार्थी समेत सहभागी भएका थिए । झण्डै छ दिनको यात्रा गरेर जुम्लाका कविराज अधिकारी ताप्लेजुङसम्म पुगे ।

उनीसहित ९४ जना परीक्षामा सामेल भएका थिए । ‘जागिर खान निकै समयदेखि दौडधुप गरिरहेको छु, कर्मचारीको माग कहाँ भइरहेको छ भन्ने चासो दिँदै गर्दा यहाँ विज्ञापन खुलेको पाइयो र छ दिन जति लगाएर परीक्षा दिन आएको हुँ’, उनले भने ।

परीक्षामा नेपालगञ्ज, रौतहट, झापा, वीरगञ्ज, धनुषा, महोत्तरी, सुनसरी, झापालगायतका ठाउँबाट सहभागी थिए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ९ : ४६ बजे

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौँ- रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण

भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता

वेलिङ्गटन- प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा