नेपाली सेनाको बेग्लै शक्तिशाली विभाग गठन गर्ने विधेयक संसदमा दर्ता « Khabarhub

नेपाली सेनाको बेग्लै शक्तिशाली विभाग गठन गर्ने विधेयक संसदमा दर्ता


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले सैनिक ऐन २०६३ संशोधन विधेयक संसदमा दर्ता गरेको छ ।

सरकाका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपाली सेनाको बेग्लै गुप्तचर विभाग गठन गर्नेसम्बन्धी विधेयक संसदमा दर्ता गराएका हुन् ।

नेपाली सेनाभित्र विभिन्न सूचना संकलन तथा विश्लेषण गरेर सुरक्षा नीति बनाउन सैनिक इन्टिलिजेन्ससम्बन्धी अलग्गै विभाग गठन गर्ने गरी सैनिक ऐन २०६३ मा संशोधन हुने भएको हो ।

उक्त ऐन पारित भएमा अब नेपाली सेनाले सैनिक इन्टिलिजेन्स सेवा अन्तर्गत छुट्टै गुप्तचर विभाग गठन गर्न पाउनेछ ।

डिपार्टमेन्ट अफ मिलिटरी इन्टिलिजेन्स (डीएमआइ) मार्फत हुने सैनिक गुप्तचरीको काममा विभिन्न कोषबाट खर्च हुँदै आएकोमा महानिर्देशनालयबाट भन्दा छुट्टै गुप्तचर विभागमार्फत काम गर्दा सेनाको प्रतिरक्षा क्षमता बलियो हुने निष्कर्षसहित कानुन संशोधन गर्न लागिएको सैनिक स्रोतले जनाएको छ ।

विधेयकमा नेपाली सेनामा हाल कायम रहेको इन्टेलिजेन्स महानिर्देशनालयमा कार्यरत सैनिक कर्मचारीहरुलाई अब गठन हुने सैनिक गुप्तचर सेवामा लगिने प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ५ : ०३ बजे

संसद् स्थगनप्रति कांग्रेसको कडा आपत्ति, सुकुम्वासीमाथि बल प्रयोग नगर्न आग्रह

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

एकै पटक धेरै पुस्तक प्रकाशन गरेर विश्व कीर्तिमान

काठमाडौं– जति टाढा उति देशको माया गाढा । यो उक्ति

उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई हिरासतमा

मप विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु : कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणमा जोड

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थत मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय

११ दिनमा ३५० विपद्का घटना : २० जनाको को मृत्यु, ६६ जना घाइते  

काठमाडौं– वैशाख १ देखि ११ गतेसम्म देशभर विभिन्न प्रकृतिका विपद्का