मेस्सीको असिस्टमा बार्साको पुनरागमन जीत « Khabarhub

मेस्सीको असिस्टमा बार्साको पुनरागमन जीत


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस लिगमा बार्सिलोनाले पुनरागमन जित निकालेको छ ।

आईतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३–२ गोल अन्तरले हराएको हो । क्लिमेन्ट लेन्जलेटले ७२ औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाएका हुन् ।

खेलमा दुई पटक पछि परेको स्थितीलाई उल्ट्याउँदै बार्सिलोनाले जित दर्ता गरेको हो ।

सर्जियो क्यानाल्सले छैटौ मिनेटमा पेनाल्टीमा घरेलु टोली बेटिसलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटमै बार्सिलोनाका फ्रेन्की डी जोङले खेल बराबरीमा ल्याए ।

नबिल फेकिरको गोलसंगै घरेलु टोली पुन २६ औं मिनेटमा खेलमा अगाडी बढेको थियो । पहिलो हाफको ईन्जुरी समयमा बार्सिलोनाका सर्जियो बुस्केटले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

फेकिर ७६ औ मिनेटमा दोहोरो पहेलो कार्ड खादै मैदान छाडेपछि बेटिस क्लब १० खेलाडीमा सिमित बनेको थियो । त्यसको तीन मिनेटपछि बार्साका लेन्जलेट समेत दोहोरो पहेलो कार्डका कारण मैदान छाडेका थिए ।

तनावपूर्ण खेलमा मेस्सीकै सहयोगमा विजयी गोल गर्दै बार्सिलोनाले तीन अंक हात पारेको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ६ : १३ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको