चाहेर पनि सरकारले जनताको चहानाअनुसार काम गर्न सकिरहेको छैन– उपप्रधानमन्त्री « Khabarhub

चाहेर पनि सरकारले जनताको चहानाअनुसार काम गर्न सकिरहेको छैन– उपप्रधानमन्त्री


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आवश्यक कानून बनेपछि ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नाराले सार्थकता पाउने बताएका छन् ।

थुलुङदूधकोशी गाउँपालिका केन्द्रमा निर्माण हुने अस्पतालको शिलान्यास तथा अस्पताल निर्माणार्थ आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले कानून र आवश्यक संरचना नहुँदा चाहेर पनि सरकारले जनताको चहानाअनुसार काम गर्न नसकेको बताए ।

उनले भने, “कृषिमा आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, पूर्वधार विकास, निजी क्षेत्रलाई प्रोत्साहन गर्दै बन्द या विस्थापित भएका उद्योग सञ्चालन गर्ने हाम्रो योजना रहेको छ ।”उपप्रधानमन्त्री पोखरेलले कम्युनिष्ट मिलेको देखेर सबै आश्चर्यमा परेको भन्दै मत मिल्ने गैरकम्युनिष्ट पनि मिलेर देशको विकासमा जुट्न आग्रह गरे ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्षसँगै प्रदेशले नाम र राजधानी पाउने बताए । त्यसका लागि प्रदेशसभा सञ्चालन नियमावलीसमेत तयार भइसकेको उनको भनाइ थियो । प्रदेश सरकारले तराई, पहाड र हिमाली जिल्लालाई योजना बाँडफाँड गरी विकास निर्माणमा जोड दिएको मुख्यमन्त्री राईले बताए ।

मुख्यमन्त्री राईले स्वर्ण सगरमाथा रिङरोडको काम भइरहेको भन्दै नेपालको सबैभन्दा होचो स्थान केचनाकलदेखि विश्वको सबैभन्दा अग्लो स्थान सगरमाथा जोड्ने द्रुतमार्ग निर्माण गर्ने तयारी गरिरहेको बताए ।

 

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ८ : ३६ बजे

सुदूरपश्चिममा आज गौरा पर्वको ‘अठ्यावाली’

कञ्चनपुर– सुदूरपश्चिममा आज गौरा पर्वको मुख्य दिन ‘अठ्यावाली’ हर्षोल्लासका साथ

गृहमन्त्रीलाई महरले भने- सिलिन्डर बोकेर भाइरल हुन उद्धारमा डिस्टर्ब नगर्नुस्

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई उद्धार अभियानको

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र

रसुवा– भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएकालाई आर्मी अस्पताल छाउनी ल्याइयो (तस्बिरहरू) 

काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवित

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज