सीए पढेका तीन युवा : जो एक्वेरियम बेचेर करोड कमाउँछन् « Khabarhub

सीए पढेका तीन युवा : जो एक्वेरियम बेचेर करोड कमाउँछन्


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चार्टर एकाउन्टेन्ट (सीए) अध्ययन पूरा गरेका ३ युवाले संयुक्त लगानीमा चितवनको नारायणगढस्थित प्रगतिपथमा ‘नेपाल एक्वेरियम एन्ड डेकोरेशन हाउस’ नामक व्यवसाय सञ्चालनमा ल्याएका छन् ।

भरतपुर र काठमाडौँमा लेखा परीक्षण कार्यमा संलग्न सुशील घिमिरे, मुस्ताफा आलम र सन्तोष रेग्मीले संयुक्त लगानीमा सो व्यवसाय शुरु गरेका हुन् ।  ४० लाख रुपैयाँको लगानीमा उनीहरुले चीन र थाइल्यान्डबाट तयारी एक्वेरियम भित्र्याएर चितवनसहित विभिन्न जिल्लामा बिक्री गर्दै आएका छन् । यससँगै थाइल्यान्डबाट ४० प्रजातिका माछा झिकाएर यहाँको बजारमा बिक्री गरिने व्यवसायी घिमिरेले जानकारी दिए । रिसाहा र शान्त दवै प्रजातिका ती माछा सफा पानीमा रमाउने गर्दछन् ।

अर्का व्यवसायी आलमले यस वर्ष १ करोडको माछा, एक्वेरियम, दाना, औषधि, ढुङ्गालगायत वस्तु बिक्री गर्ने लक्ष्य राखिएको जानकारी दिए । नियमित सेवा लिन आउनेहरुको सङ्ख्या २५० हाराहारी भएको उनीहरुले जानकारी दिए । आफूहरुसँग २ हजार ५०० देखि २ लाखसम्मका एक्वेरियम रहेको उनीहरुले बताए ।

उच्च गुणस्तरका खानासँगै माछाको उपचारसमेत हुने भएकाले धेरैको मन जित्न सकेको उनीहरुको भनाइ छ । वास्तु हेरेर ठाउँ मिलाएर मात्र एक्वेरियम राख्ने गरिन्छ । जिउँदो माछा सफा पानीमा खेल्दै गरेको दृश्य हेरेर बालबालिकामा मात्र होइन वृद्धवृद्धासम्मलाई आनन्द दिलाउँछ ।

व्यवसायी आलमले भने, ‘अनेक थरीका रोगीका लागि पनि माछाको दृश्य फाइदाजनक हुन्छ ।’

मकवानपुर र नवलपरासीदेखि माछा लिन यहाँ आउने गर्दछन् । देशैभर व्यवसाय विस्तार गर्ने तयारीमा रहेको उनीहरुको भनाइ छ ।

नियमित लेखा परीक्षणको कामले दिक्क हुँदा केहीबेर आफ्नो पसलमा रहेका माछा हेरेर निकै सन्तुष्ट मिल्ने गरेको उनीहरुले बताए । व्यवसायी घिमिरेले भन्नुभयो, ‘आम्दानी त धेरै हुँदैन तर व्यवसायले ज्ञानसँगै आनन्द भने दिलाएको छ ।’

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ११ : १४ बजे

दुई सातादेखि बेपत्ता थिङको शव फेला

काठमााडौं- विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१

सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

काठमाडौं- नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला गत भदौको

समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनताले तत्काल महसुस

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा एकसाथ आधा दर्जन समस्या, के भन्यो शिक्षण अस्पतालले ?

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको

चार करोड ११ लाखमा मोहना नदीमा तटबन्ध निर्माण

टीकापुर– वर्षौँदेखि नदी कटानको त्रासमा रहेका कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित