लागुऔषधसहित नागढुङ्गाबाट चार जना पक्राउ « Khabarhub

लागुऔषधसहित नागढुङ्गाबाट चार जना पक्राउ


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रहरीले काठमाडौँको नागढुङ्गाबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले  सडकमा जाँच गर्ने क्रममा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

रौतहटको गौरबाट काठमाडौँ आउँदै गरेको ना५ख ३०२० नम्बरको यात्रुवाहक बसमा सवार काठमाडौँ महानगरपालिका–१६ मनमैजुका परिमोल तामाङ र सुशील श्रेष्ठ तथा रौतहटका कोमल मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुका साथबाट अवैध लागुऔषध डाइजेपाम, फेनारगन र नुरफ्रिन गरी ९९ एम्पुल बरामद् गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।

शनिवार नै वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा५ख ६०९५ नंको यात्रुवाहक बसमा जाँच गर्ने क्रममा बसमा सवार काठमाडौँ साँखु लप्सीफेदीका शम्भु स्याङ्बोलाई पनि सोही ठाउँबाट लागुऔषधसहित पक्राउ गरेको कार्यालयले जनाएको छ ।

उनको साथबाट लागुऔषध नाइट्राभेट ११५ थान र डाइजेपाम, फेनारगन र नुरफ्रिन ९८ एम्पुल बरामद् गरी गरिएको छ । पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ८ : ५३ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,