सरकारी कागजात किर्ते गरेको अभियोगमा मालपोतका खरिदार पक्राउ | Khabarhub Khabarhub

सरकारी कागजात किर्ते गरेको अभियोगमा मालपोतका खरिदार पक्राउ


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– सरकारी कागजात किर्ते गरेको अभियोगमा सप्तरी प्रहरीले १ जना सरकारी (निजामति) कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार नवीन विश्वकर्मा छन् ।

सप्तरीको डाकेश्वरी नगरपालिका–९ घर भएका ७६ वर्षीय फुरन चौधरी थारुको उजुरीका आधारमा खरिदार नवीन विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारतीले जानकारी दिए ।

डीएसपी भारतले खरिदार विश्वकर्माले किर्ते गरेका सरकारी कागजातबारे भने केही खुलाउन मानेनन् ।

‘उनी (विश्वकर्मा)विरुद्ध उजुरी परेपछि प्रारम्भिक छानबिनका क्रममा किर्ते गरेको भेटिएपछि पक्राउ गरिएको हो,’ भारतीले भने, ‘अहिले सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।’

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १ : ०४ बजे

भाद्र शुक्ल चतुर्थीः आज गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौं – भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ ११ गते बुधबार। भाद्र

आज २०८२ साल भदौ ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ११ गते बुधबार। भाद्र

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ