सूर्यको अध्ययन गर्न अन्तरिक्षयान प्रक्षेपण « Khabarhub

सूर्यको अध्ययन गर्न अन्तरिक्षयान प्रक्षेपण


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केप कानाभेरल– सूर्यको अध्ययनका लागि निर्माण गरिएको भू उपग्रह सहितको अन्तरिक्षयान प्रक्षेपण गरिएको छ ।

अमेरिकी र युरोपेली अन्तरिक्ष निकायले निर्माण गरेको भू उपग्रह अमेरिकाको फ्लोरिडा राज्यस्थित केप कानाभेरल अन्तरिक्षयान प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार आइतबार दिउँसो ११ बजेर ३ मिनेटमा प्रक्षेपण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सोलर अर्बिटर सोलो नाम दिइएको उक्त भू उपग्रहले सूर्यको नजिक पुगेर सूर्यबाट निस्कने विकिरण उर्जाले पृथ्वीमा पार्ने प्रभावबारे अध्ययन गर्ने जनाइएको छ । भू उपग्रहलाई सूर्यबाट २ करोड ६० लाख माइल नजिक पुगी अध्ययन गर्ने छ । त्यहाँसम्म पुग्न भू उपग्रहलाई १० वर्ष लाग्ने अपेक्षा छ ।

भू उपग्रहले सूर्यको ध्रुवीय क्षेत्रबारे जानकारी पठाउने जनाइएको छ । एउटा मिनीभ्यान साइजको भू उपग्रहमा १० वटा अत्याधुनिक सामग्री राखिएको छ । सूर्यको कडा तापक्रम छेक्नका लागि भू उपग्रहमा १४७ किलोको ताप प्रतिरोधी प्रणाली समेत जडान गरिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ७ : २० बजे

पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच इस्लामावादमा भेटवार्ता

एजेन्सी– पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज सरिफ र इरानका विदेशमन्त्री सैयद

अगस्टमा ‘क्यास्पियन शिखर सम्मेलन’ गर्ने इरानको योजना

तेहरान– रुसका लागि इरानका राजदूत काजेम जलालीले इरानले जारी युद्धका

बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड

काभ्रेपलाञ्चोक– दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा

वन संरक्षणलाई आयआर्जनमुखी बनाउन आग्रह

रसुवा– जिल्लामा सामुदायिक वन व्यवस्थापनलाई थप सुदृढ बनाउँदै स्थानीय समुदायको

लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन

सिरहा– यहाँको लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा वडा