सेनाद्वारा स्थानीय तहमा विपत प्रतिकार्य तालिम « Khabarhub

सेनाद्वारा स्थानीय तहमा विपत प्रतिकार्य तालिम


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- सदरमुकाम सिलगढीमा रहेको नेपाली सेनाको रुद्रध्वज गणले जिल्लाका स्थानीय तहमा समुदायमा आधारित आपतकालीन (विपत) प्रतिकार्य तालिम दिन शुरु गरेको छ ।

स्थानीय तहको सहकार्यमा उक्त गणले आदर्श र सायल गाउँपालिकामा सोमबार तालिम सम्पन्न गरिसकेको तथा अन्य स्थानीय तहमा आगामी फागुन १ गतेबाट तालिमको आयोजना गरिने सो गणका गणपति तथा प्रमुख सेनानी रत्नकेशर खड्काले बताए ।

उनले भने, “बिपत आइपरेको बेला कसरी जोगिने तथा कसरी बिपतमा परेकाको उद्धार गर्ने भन्ने विषयमा तालिम दिन शुरु गरेका छौँ, जिल्लाका सबै स्थानीय तहमा उक्त तालिम दिइने छ ।”

सो गणका सेनानी सन्तोष ढुङ्गेलका अनुसार उनका अनुसार सहभागीलाई प्राथमिक उपचार, आकस्मिक स्वास्थ्य उपचार, खोप तथा महामारीबाट सुरक्षित हुने उपाय, डुबानमा परेका, बाढीपहिरा र आगलागीमा परेकालाई स्थानीय स्रोत प्रयोग गरी उद्धारबारे जानकारी गराइने छ ।

गणले जिल्लामा भुकम्प आउँदा अपनाउनुपर्ने अवस्था, सावधानीलगायत अन्य विभिन्न विषयमा जनचेतनामुलक कार्यक्रम विभिन्न तालिम तथा स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १० : ४५ बजे

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय