कुखुरा फर्ममा आगलागी हुँदा १२ लाख बराबरको क्षति « Khabarhub

कुखुरा फर्ममा आगलागी हुँदा १२ लाख बराबरको क्षति


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको विन्दवासिनी गाउँपालिका–४ मधुवनस्थित एउटा कुखुरा फर्ममा आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार स्थानीय लालझडी देवीले सञ्चालन गरेको सचिन पोल्टीफर्ममा सोमबार साँझ ६ः३० बजेतिर विधुत सर्ट आगलागी भएको थियो ।

आगलागीबाट पोल्टी फार्ममा रहेको ३ वटा ग्यास सिलिण्डरसहित कुखुराका चल्ला २ हजार १ सय गरी विभिन्न धनमाल जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दमकल र स्थानीयको सहयोगमा करिब १ घण्टाको बीचमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीमा कूल १२ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ११ : १६ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि