अफगानिस्तानमा आत्मघाती बम आक्रमणमा ५ जना मारिए « Khabarhub

अफगानिस्तानमा आत्मघाती बम आक्रमणमा ५ जना मारिए


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको राजधानी काबुलमा गराइएको आत्मघाती बम आक्रमणमा ५ जनाको ज्यान गएको छ । अफगान सरकारको रक्षा विश्वविद्यालयको प्रवेशद्वार नजिक आत्मघाती आक्रमणकारीले विष्फोट गराएको हो ।

मार्शल फहिम सैनिक विद्यालयको प्रवेशद्वार नजिक गराइएको विष्फोटबाट अरु १२ जना घाइते भएको अफगान आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

युरोपेली शैलीको सैनिक विद्यालयमा अफगान सेनामा भर्ती हुनेका लागि तालिम दिइने गरिएको छ । यसअघि पनि यस विद्यालयलाई लक्षित गरी आक्रमणहरु हुँदै आएका छन् ।

मारिनेमा ३ सैनिक तथा २ सर्वसाधारण छन् । घाइते १२ जनामध्ये ५ जना सर्वसाधारण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन ।

यद्यपि विगतमा अफगानिस्तानमा सक्रिय लडाकु समूहहरु तालिबान र इस्लामिक स्टेटले अफगानिस्तानमा सैनिक तथा सार्वजनिक निशानालाई लक्षित गरी यस्ता आत्मघाती बम आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ४ : ३१ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको