तत्काल मन्त्रिमण्डल हेरफेर हुँदैन–प्रधानमन्त्री « Khabarhub

तत्काल मन्त्रिमण्डल हेरफेर हुँदैन–प्रधानमन्त्री


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिमण्डलमा हेरफेरको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुनै योजना नरहेको बताएका हुन् ।

प्रचण्डले पनि मन्त्रिपरिषद् हेरफेर हुने कुरा गर्नुभएको छ, मन्त्रिपरिषद् हेरफेर कहिले गर्नुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्रीले भने,‘उहाँले यो प्रधानमन्त्रीको कुरा हो, हुनपनि सक्छ भन्नु भएको थियो ।’

यसमा सम्भावना कत्तिको छ ? भन्ने पत्रकारको प्रश्नमा ओलीले भने ‘मैले गरेको बेलामा थाहा पाउनु होला नि छ !’

प्रधानमन्त्री ओलीले पर्यटन मन्त्रालय खाली रहेको अवस्थामा अपूर्णतामा पूर्णता उपयुक्त समयमा हुने बताउँदै मन्त्रिपरिषद् हेरफेरको कुनै योजना नरहेको बताए ।

प्रधानमन्त्री ओलीले विप्लव समूहको नेकपालाई कतौ दर्ता नभएको एउटा झुण्डको संज्ञा दिएका छन् । ‘विप्लव समूह कुनै मान्यताप्राप्त गरेको गैरसरकारी संस्था जस्तो पनि मान्यता नपाएको संस्था जो कतै दर्ता नभएको अनधिकृत संस्था हो । जुन संस्था विधिवत छैन त्यो त्यस्तो झुण्ड हो जसलाई सरकारले चिन्दैन’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले विप्लव समूहले धम्काएर, लुटपाट गरेर उद्यमीहरुलाई, कर्मचारीहरुलाई, जनप्रतिनिधिलाई धम्काएर उत्पात मच्चाएको र मान्छे मारिरहेका कारण विप्लवमाथि प्रतिवन्ध लगाउन आवश्यक परेको बताए ।

आफूलाई लोकतान्त्रिक भन्नेहरुले पनि विप्लवको क्रियाकलापलाई प्रतिवन्ध लगाउँदा रुवाबासी गरेको आरोप प्रधानमन्त्री ओलीको थियो ।

‘सरकार कुनै ठट्टा गरिरहेको छैन’ ओलीले भने,‘संविधान कानून विपरितका विध्वंस, लुटपाटका कुरा गर्न पाइँदैन ।
कसैले रुवावासी गरेपनि सरकारले नियन्त्रण गर्छ ।’

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  १ : १२ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित