नेपालको कीर्तिमानी बलिङ, ओडिआई कै कम स्कोरमा समेटियो अमेरिका « Khabarhub

नेपालको कीर्तिमानी बलिङ, ओडिआई कै कम स्कोरमा समेटियो अमेरिका



काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाले नेपाललाई ३६ रनको भिनो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा १२ ओरभमा सबै विकेट गुमाउँदै अमेरिकाले ३५ रन बनाएको हो ।

अमेरिकाविरुद्ध नेपालका सन्दीप लामिछाने र सुशान भारीले उत्कृष्ट बलिङ साझेदारी गरे । जसमा सन्दीपले ६ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १६ रन खर्चेर ६ विकेट लिए भने सुशानले ३ ओभर बलिङ गर्दै १ मेडजन ओभरसहित ५ रन खर्चेर ४ विकेट लिए ।

अमेरिकाका लागि जेभिएर मार्सलले १६ रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

यो एकदिवसिय क्रिकेटको इतिहासमै सबैभन्दा सानो लक्ष्य हो । यसअघि सन् २००४ मा श्रीलंकाविरुद्ध जिम्मबाबेले १८.४ ओभर खेल्दै ३५ रनको लक्ष्य दिएको थियो ।  श्रीलंका र जिम्बाबेसँगको स्कोर बराबर भएपनि नेपाल र अमेरिकाबीचको ओभर कभ भएकाले यो इतिहासकै सानो लक्ष्य हो ।

नेपालविरुद्ध अमेरिकाले बनाएको यो खेलसँगै विश्व कीर्तिमनी बनेको छ । यसअघि जिम्बाबेले ३५ रन बनाउँदा सबै विकेट गुमाए पनि उसले धेरै ओभर खेलेको थियो ।

नेपालले अमेरिकालाई १२ ओभरमा अल आउट गर्दा यो कीर्तिमान पहिलो बनेको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : ३४ बजे

मनसुन सक्रिय भएसँगै देशभर झाडापखालाका बिरामी बढे, उपत्यकामा हैजाको जोखिम उच्च

काठमाडौँ – मनसुन सक्रिय भएसँगै देशभर लगातार भइरहेको वर्षाका कारण

बाँकेको जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगञ्ज– बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु

अत्यावश्यक औषधि उत्पादनको समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच

एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

काठमाडौँ– विद्युत विकास विभागले आर्थिक वर्ष २०८२–८३ मा जलविद्युत्तर्फ ९९

दुई फर्मलाई वाणिज्य विभागको जरिवाना

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई