‘भ्यालेनटाइन डे’मा अनिल सिंहको विशेष प्रस्तुति « Khabarhub

‘भ्यालेनटाइन डे’मा अनिल सिंहको विशेष प्रस्तुति


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २ अर्थात् प्रणय दिवसको अवसर पारेर पपगायक अनिल सिंहले विशेष प्रस्तुति दिने भएका छन् । उनले राजधानीको दरबारमार्गस्थित लिक्यूइड लाउञ्ज एण्ड बारमा आफ्नो प्रस्तुति दिने भएका हुन् ।

अनिल सिंहले ब्याण्डकै संगीतकर्मीहरुका साथमा आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछन् ।

‘भ्यालेन्टाइन्स स्पेशल : फिचरिङ अनिल सिंह’ भनिएको यो इभेन्टका लागि अनिल सिंहले तयारी गरिरहेका छन् । यही शुक्रवार राति ८ बजेपछि प्रारम्भ गायक सिंहको प्रस्तुति रहनेछ । कार्यक्रममा गायक सिंहले एक दर्जनभन्दा बढि लोकप्रिय गीतहरु प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

यस्तै कार्यक्रममा गायिका सोना अमात्यले पनि सिंहलाई गायनमा साथ दिनेछिन् ।

लिक्यूइड ब्याण्डमा सोमिक मोक्तान (लिड गिटारिष्ट), पंकज झा (बास गिटारिष्ट), नील घतानी (किबोर्डिष्ट), किरण गौतम (ड्रमर) तथा प्रविण सिंह ठकुरी (प्याडिस्ट) रहेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ११ : ४१ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित