माल्टामा ३० भन्दा बढी ट्राफिक प्रहरी भ्रष्टाचार अभियोगमा पक्राउ « Khabarhub

माल्टामा ३० भन्दा बढी ट्राफिक प्रहरी भ्रष्टाचार अभियोगमा पक्राउ


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भलेटा– भूमध्यसागरीय मुलुक माल्टामा ३० जना भन्दा बढी ट्राफिक प्रहरी भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् ।

करिब ५ लाख जनसङ्ख्या रहेको युरोपेली युनियनको सबैभन्दा सानो मुलुक माल्टामा जम्मा जम्मा ५० जनाको संख्यामा ट्राफिक प्रहरी रहेको बताइन्छ ।

जसमध्ये ३० भन्दा धेरै ट्राफिक प्रहरी भ्रष्टाचार, अनियमितता र घुसखोरीको आरोपमा पक्राउ परेका छन् ।

उनीहरुमध्ये केहीले आफूले काम नगरेरै ओभरटाइमको तलब लिएको, सवारीचालकसँग घुस मागेको, काम गर्ने बेला आवश्यकताभन्दा धेरै तेल मागेर निजि सवारीमा प्रयोग गरेको, नातावाद कृपावादलाई बढावा दिएको लगायतका आरोप लगाइएको छ ।

उनीहरुलाई त्यहाँको आर्थिक अपराध एकाईले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यससँगै माल्टाका सडकमा ट्राफिक प्रहरीको उपस्थिती निकै पातलो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसको समाधानका लागि यसअघि ट्राफिक प्रहरीमा सेवा गरी हाल प्रहरीकै अन्य विभागमा काम गरिरहेकालाई ट्राफिक प्रहरीमा फर्किन आग्रह गरिएको छ ।

त्यहाँका प्रधानमन्त्री रोबर्ट अबेलाले प्रहरीले प्रहरीलाई पक्राउ गरी अनुसन्धान गर्नु राम्रो काम भएको प्रतिक्रिया दिएका छन् ।

प्रहरीले प्रहरीलाई पक्राउ गर्नुले आफ्नो मुलुकमा प्रभावकारी प्रहरी संरचना भएको पुष्टि भएको उनको भनाइ छ । माल्टामा व्यापारिक, प्रशासनिक तथा राजनीतिक तहमा व्यापक भ्रष्टाचार हुने गरेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ६ : १५ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो