महालक्ष्मी बैंकद्वारा ‘थालेसीमिया प्रोजेक्ट’लाई २ लाख ५० हजार सहयोग « Khabarhub

महालक्ष्मी बैंकद्वारा ‘थालेसीमिया प्रोजेक्ट’लाई २ लाख ५० हजार सहयोग


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महालक्ष्मी विकास बैंकले क्यान्सर दिवसको अवसर पारेर ‘थालेसीमिया प्रोजेक्ट’लाई दुई लाख पचास हजार आर्थिक सहयोग गरेको छ ।

महालक्ष्मी विकास बैंक विराटनगर शाखाले बालबालिकामा देखिने क्यान्सर रोगको उपचारका लागि उक्त रकम सहयोग गरेको हो ।

उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोति दुगडको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बैंकका विराटनगर शाखाका प्रबन्धक भरत खतिवडाले उक्त रकमको चेक राउण्ड टेवलका पदाधिकारीलाई हस्तान्तरण गरेका थिए । क्लबका अध्यक्षबाट बैंकले आफ्नो सामाजिक सेवा तर्फ गरेको सहयोग प्रति आभार प्रकट गरे ।

उनले उक्त सहयोग बालबालिकाको निःशुल्क स्वास्थ्य उपचारमा प्रयोग हुने विश्वास दिलाए । कार्यक्रममा विराटनगर प्लाटियम राउण्ड टेवल ११ ले दौड प्रतियोगिता समेत आयोजना गरेको थियो ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ५ : ५६ बजे

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट

इन्टरपोल दिवस : बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला

काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार