कोरोनाबाट १३ सय बढीको ज्यान गएपछि डब्लुएचओको चिन्ता « Khabarhub

कोरोनाबाट १३ सय बढीको ज्यान गएपछि डब्लुएचओको चिन्ता

‘महामारी नियन्त्रणको पूर्वानुमान मुस्किल’


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १३ सय ५७ पुगेको छ ।

हुवेई प्रान्तमा बुधबार थप २ सय ४२ जनाको मृत्यु भएसँगै   कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ सय ५७ पुगेको  सीएनएनले जनाएको छ ।

यसमध्य १३ सय ५५ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । हुवेई प्रान्तमा मात्रै १४ सय ८४० जना कोरोनाबाट संक्रमित भएका छन । चीनभरी संक्रमित हुनेको संख्या ४८ हजार २ सय ६ पुगेको छ ।

कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोलीले चीनमा उपचार, रोकथामका  काम थाले पनि महामारी नियन्त्रणमा आउन सकेको छैन ।

धेरै प्रयत्नकाबीच महामारी नियन्त्रणमा आउन नसकेपछि कोरोनाको अन्त्य कहिले होला भन्ने अनुमान गर्न जटिलता थपिएको विश्वस्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससका अनुसार प्रकोप फैलने दर कम भए पनि मृत्यु हुनेको संख्या नघटेकाले तत्कालै नियन्त्रणमा आउला भने पूर्वानुमान गर्न नसकिने जनाएका छन ।

यद्यपी मानिसमा कोरोना संक्रमण सर्ने जोखिम २० प्रतिशतले घटेको चीनले दावी गर्दै आएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ७ : ४३ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी