एचआईभी संक्रमितको पीडा: छाक टार्नै मुस्किल छ, कसरी खानु पोसिलो खाना ? « Khabarhub

एचआईभी संक्रमितको पीडा: छाक टार्नै मुस्किल छ, कसरी खानु पोसिलो खाना ?


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीका एचआइभी सङ्क्रमितले पोसिला खानेकुरा खान पाएका छैनन् । पोसिलो खानाको अभावमा एचआइभी संक्रमितले खाली पेट औषधि (एआरटी) खानुपर्ने बाध्यता छ । एचआइभी संक्रमितले आजीवन एआरटी औषधि खानुपर्ने हुन्छ । एचआएइभी संक्रमितलाई पोसिलो खानाको आवश्यक पर्छ । तर दैनिक पेटभर्न समेत उनीहरुलाई मुस्किल छ ।

‘एचआइभी कै कारण श्रीमान् बिते, छोराछोरी सानै छन्, घरमा कमाउने मान्छै कोही छैन,’ एकजना एचआइभी संक्रमितले भनिन्, ‘एकछाक टार्न समस्या छ कसरी पोसिलो खाना खान पाउँनु ?’

घरमा खानलाउन नै समस्या भएपछि कैलालीका एचआइभी संक्रमितका छोराछोरीले सहज वातावरणमा पढ्न समेत पाएका छैनन । आफूलाई एचआइभी भएर कमजोर बनेकै कारण कलिलै उमेरका छोराछोरीलाई काममा पठाउनु परेको अर्की एक संक्रमितले बताइन् ।

उनले भनिन्, ‘यहाँ म जस्ता धेरै महिलाले चाहेर पनि आफ्ना छोराछोरीलाई पठाउन पाएका छैनन्, हामीलाई त कसरी छाक टार्ने भन्ने चिन्ता छ, छोराछोरीका कापी कलम कहाँबाट किन्नु, आफूले काम गर्न सकिंदैन, त्यसैले उनीहरुलाई नै काम गर्न पठाउँनु पर्छ ।’

कैलालीमा ३ हजार ५ सय ५३ जना एचआइभी सङ्क्रमित रहेको तथ्याङ्क छ । सेती अञ्चल अस्पताल धनगढी र टीकापुर अस्पतालमा सङ्क्रमितको उपचारका लागि एआरटी सेन्टर सञ्चालित छ ।

सेती अञ्चल अस्पतालमा २ हजार ७ सय ६७ र टीकापुर अस्पतालमा ७ सय ६५ जना एचआइभी सङ्क्रमित दर्ता रहेका छन् । सेती अस्पतालमा एआरटी सेवा लिनेमा ३ सय २४ पुरुष, ३ सय ९८ महिला, ३२ बालिका र ३८ बालक रहेका एड्स हेल्थ केयर फाउण्डेशनका एआरटी काउन्सिलर ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

त्यस्तै, ४सय ७१ जनाले टीकापुर अस्पतालबाट नियमित एआरटी सेवा लिइरहेका छन् । काउन्सिलर मीनबहादुर बोहराका अनुसार सेवा लिनेमा ३ सय महिला, ४४ बालबालिका र १ सय २७ पुरुष छन् ।

कैलालीमा पुरुष भन्दा सङ्क्रमित महिलाको सङ्ख्या धेरै छ । एचआइभी परिक्षण नै नभइ एड्स भएर धउरैका पतिको मृत्यु भएपछि एचआएभी संक्रमित एकल महिलाहरुको संख्या धेरै छ । उनीहरुको अवस्था दयनीय छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : १५ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम