पुल्चोक क्याम्पसलाई सेनाको हेलिकोप्टर ‘उपहार’ « Khabarhub

पुल्चोक क्याम्पसलाई सेनाको हेलिकोप्टर ‘उपहार’


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले सर्भिस लाईफ पूरा भएको एउटा हेलिकोप्टर पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई हस्तान्तरण गरेको छ ।

सेनाले अलाउटे–३ नामक हेलिकोप्टर क्याम्पसलाई हस्तान्तरण गरेको हो । प्रयोगको अवधि पूरा भएको उक्त हेलिकोप्टर अब क्याम्पसका विद्यार्थीको अध्ययन प्रयोजनमा प्रयोग गरिने छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नेपालमै पहिलोपटक एरोस्पेस इन्जिनियरिङ अध्ययन शुरु भएकोमा त्यसको व्यवहारिक ज्ञानका लागि उक्त हेलिकोप्टर क्याम्पसलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ । सेनाले हेलिकोप्टरसँगै त्यससँग सम्बन्धित विभिन्न पाट–पूर्जाहरु समेत प्रदान गरेको छ ।

रक्षा मन्त्रालयबाट प्राप्त स्वीकृतिका आधारमा नेपाली सेनाका संभाररथी उपरथी प्रभुराम शर्माले बुधबार क्याम्पसलाई हेलिकोप्टर हस्तान्तरण गरेका हुन् ।

सेनाले २३ जेठ २०४७ बाट उक्त हेलिकोप्टर सञ्चालनमा ल्याएको थियो हेलिकोप्टरले ४ हजार १ सय २१ घण्टा उडान गरेको थियो भने ९ हजार ७ सय ५२ पटक ल्याण्डिङ गरेको थियो । हेलिकोप्टरको अन्तिम उडान २ चैत २०७५ मा भएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १ : ३९ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट