कोरोनाको आशंकामा शुक्रराज अस्पताल भर्ना भएका तीन जना डिस्चार्ज « Khabarhub

कोरोनाको आशंकामा शुक्रराज अस्पताल भर्ना भएका तीन जना डिस्चार्ज


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलमा भर्ना भएका ३ जनालाई अस्पतालले डिस्चार्ज गरेको छ ।

कोरोना भाइरसको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज डिस्चार्ज गरिएको शुक्रराज अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले जानकारी दिए ।

डा बास्तोलाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा तीन जनाकै कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि आज साँझ ४ बजे उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

चीनबाट नेपाल आएका एकजना चिनियाँ नागरिक र दुईजना नेपालीलाई कोरोना भाइरसको आशंकामा हिजो ( बिहीबार) शुक्रराज अस्पतलमा आइसोलेसनमा निगरानीमा रानिएका थिए । उनीहरुको स्वास्थ्य परीक्षणमा कोरोना नभएको पुष्टि भएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।

ती तीन जनाको परीक्षणसँगै नेपालमा कोरोना भाइरसको आशंकामा स्वास्थ्य परीक्षण गराइएकाको संख्या २३ पुगेको अस्पतालले जनाएको छ । २३ जनामध्ये एकजनामा मात्र कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएका ती व्यक्तिको पनि पछिल्लो पटक गरिएको परीक्षणमा कोरोना नेगेटिभ भएको स्वास्थ्य मन्त्रालयले दावी गरेको छ ।

अस्पतालका प्रवक्ता डा बास्तोलाका अनुसार टेकु अस्पतालमा आज कोरोनाको आशंकामा कुनै पनि बिरामी भर्ना गरिएको छैन।

कोरोनाको आशंका गरिएका एक जना टेकु अस्पतालबाट भागे, थप तीन जना अस्पताल भर्ना

 

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ६ : ५५ बजे

‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयमा भन्सारजाँच पास रोकिएको छ । भन्सार

स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब

एजेन्सी– संयुक्त राज्य अमेरिकाका लागि बेलायतका राजदूत नियुक्तिसम्बन्धी विवादले प्रधानमन्त्री

जेन-जी मुभमेन्टले राष्ट्रपतिलाई भन्यो : संसद् जीवितै छ, अध्यादेश अस्वीकृत गर्नुस्

काठमाडौं– जेन-जी मुभमेन्ट नेपाल ले प्रस्तुत अध्यादेश अस्वीकृत गर्न राष्ट्रपति

नरैनापुरमा आगलागीबाट १३ घरगोठ जलेर ध्वस्त

राँझा– बाँकेको नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा आज आगलागी हुँदा १३

गोकुलगंगाले मानेन संघीय सरकारको निर्णय, आइतबार पनि कार्यालय र विद्यालय खुल्ने

रामेछाप– यहाँको गोकुलगंगा गाउँपालिकाले अब आइतबार पनि सरकारी कार्यालय, विद्यालय