पर्यटनमन्त्री भट्टराई र इजरायली अर्थमन्त्रीबीच भेटवार्ता « Khabarhub

पर्यटनमन्त्री भट्टराई र इजरायली अर्थमन्त्रीबीच भेटवार्ता


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तथा इजरायलका उद्योग एवं अर्थमन्त्री एली कोहेनबीच भेटवार्ता भएको छ ।

इजरायल भ्रमणमा रहेका मन्त्री भट्टराइले विहीबार त्यहाँका उद्योग तथा अर्थमन्त्री काहेनलाई भेटेका हुन् । भेटवार्ताका क्रममा दुई देशका मन्त्रीबीच द्विपक्षीय लगानी, व्यापार र पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको छ ।

यसअघि मन्त्री भट्टराईले गत मंगलबार इजरायलका पर्यटनमन्त्री यारिभ लेभिन तथा कृषिमन्त्री जाची ह्नेग्बीबीच भेटवार्ता गरेका थिए ।

उक्त भेटवार्ताका क्रममा कृषि क्षेत्रमा ज्ञान र प्रविधिको हस्तान्तरण, नेपाली कृषकको तालिम तथा पर्यटनको प्रवर्द्धन साथै दुई देशका बीचमा सिधा हवाई उडान लगायतका विषयमा छलफल गरिएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ७ : २९ बजे

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति