जिपको ठक्करबाट ड्युटीमा तैनाथ प्रहरीका असईको मृत्यु | Khabarhub Khabarhub

जिपको ठक्करबाट ड्युटीमा तैनाथ प्रहरीका असईको मृत्यु


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साँगा– काभ्रेको साँगामा एउटा बोलोरो जिपको ठक्करबाट ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ ।

काठमाडौंबाट बनेपातर्फ गइरहेको बा १९ च १३२३ नम्बरको बोलेरो जिपको ठक्करबाट प्रहरी चौकी साँगामा कार्यरत प्रहरीका असई तेजबहादुर गुरुङको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी गुल्म काभ्रेमा दरबन्दी भइ साँगा प्रहरी चौकीमा कार्यरत असई गुरुङलाई बोलेरो जिपले कार्यालय अगाडि नै ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविकुमार पौडेलले जानकारी दिए ।

असई गुरुङ नवलपरासीको त्रिवेणी–८ का स्थायी बासिन्दा हुन् ।

एसपी पौडेलका अनुसार ठक्कर दिने बोलोरो जिपका चालकलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिमा रहेको बोलोरोले आफ्नो नियन्त्रण गुमाउँदा दुर्घटना भएको देखिएको एसपी पौडेलले बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ३ : ५८ बजे

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत

भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ ल्याउन पाउने

वीरगञ्ज– नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट ५४५ कायम

चितवन – चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ ।