चीनबाट ल्याइने विद्यार्थी भक्तपुर राख्ने विषयमा स्थानीयद्वार विरोध प्रदर्शन « Khabarhub

चीनबाट ल्याइने विद्यार्थी भक्तपुर राख्ने विषयमा स्थानीयद्वार विरोध प्रदर्शन


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चीनमा रहेका नेपाली विद्यार्थीहरुको उद्धार गरी भक्तपुरको खरिपाटीमा राख्ने सहमति गरेपनि स्थानीयले भने विरोध जारी नै राखेका छन् ।

केही दिनयता उनीहरुले बीचबस्तीमा चीनबाट ल्याइने नेपालीहरुलाई राख्न नहुने भन्दै विरोध जनाउँदै आएका छन् ।

चीनबाट ल्याउने नेपालीहरुलाई सुरक्षित तवरले राख्नको लागि सरकारले भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइम निर्माणको तयारी समेत पूरा गरिसकेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका लामाटोलका बासिन्दाले आज विरोध प्रदर्शन गरे । उनीहरुले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरिने नेपाली विद्यार्थी लिन जाने जहाजका चालक दलका सदस्य र स्वास्थ्यकर्मीलाई चाँगुनारायण नगरपालिका–६ लामाटोलको राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रमा राख्न नहुने भन्दै विरोध गरेका हुन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक गिरीले स्थानीय बासिन्दाले नगरकोट जाने सडक अवरुद्ध गरेकाले खुलाउन सामान्य बल प्रयोग गरेको जानकारी दिए ।

शुक्रबार दिउँसो झडप भएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसहितको टोली घटनास्थलमा पुगेको थियो । पाण्डेले स्थानीय वासिन्दासँग सहमति भइसकेको र असन्तुष्टि नरहेको बताइन् ।

सरकारले चीनमा रहेका नेपालीहरुलाई ल्यानको लागि शनिबार वमान चीन पठाउने यसअघि नै जानकारी दिइसकेको छ ।

नेपाल नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिवार दिउँसो २ बजेर ४५ मिनेटमा वुहान जानेछ ।

नेपाल वायुसेवा निगमका अनुसार शनिवार उद्धारका लागि पठाइन लागेको जहानमा तीनजना चालकसहित नौ जनाको टोली हुने गरी तयारी गरिएको छ । नेपालबाट जाने विमानमा चारजना स्वास्थ्यकर्मीहरू पठाइन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनबाट विमान आइतबार बिहान सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । अवतरण गरेपछि जहाजले ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्ने छैन ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ६ : ४० बजे

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व संकलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२-८३ को

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको