चलचित्र पत्रकारसँगको क्रिकेट खेलमा ‘सेन्टीभाइरस’ टिम पराजित « Khabarhub

चलचित्र पत्रकारसँगको क्रिकेट खेलमा ‘सेन्टीभाइरस’ टिम पराजित


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालास्थित नमूना रंगशालामा आज (शुक्रवार) भएको मैत्रीपूर्ण क्रिकेट खेलमा चलचित्र पत्रकारको टोलीले जीत हासिल गरेको छ ।

उक्त खेलमा सेन्टीभाइरस टिमले टस जितेर ब्याटिङ रोजेको थियो । मैत्रीपूर्ण खेलमा ‘सेन्टी भाइरस’ टिमले १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो । टिमका लागि सुनिल भण्डारीले सर्वाधिक २५ रन बनाउन सफल भए भने एलिश राईले २१ रन जोडे ।

‘सेन्टी भाइरस’ टिमको तर्फबाट कुमार कट्टेलले १२, सुलभ पहारीले ८, कुलदीप अधिकारीले ७, सुरेश कार्कीले ५, जगदिस अधिकारीले ३ र दयाहाङ राईले १ रन जोडे ।

यो टिम १ सय ३६ मा अलआउट भएको थियो । चलचित्र पत्रकारका तर्फबाट खगेन्द्र बुढाथोकीले ४ विकेट लिए भने कप्तान सन्दीप सापकोटासहित सुजन पण्डित र सङ्गम धामीले समान २र२ विकेट लिए ।

चलचित्र पत्रकारको टिमले १५.२ ओभरमै ३ विकेट गुमाउँदै १३७ रनको लक्ष्य पूरा गर्‍यो । उक्त खेलमा खगेन्द्रले ८ चौका प्रहार गर्दै ४३ बलमा ६३ रन बनाए । ‘सेन्टी भाइरस’ टिमका एलिश राईले २ विकेट लिए ।

उक्त टिमका तर्फबाट सीताराम कट्टेल क्याप्टेन थिए भने उनको टिममा कुञ्जना घिमिरे, कुमार कट्टेल, दयाहाङ राई, अर्जुन घिमिरे, विल्सन विक्रम राई, कमलमणि नेपाल, बुद्धि तामाङ, एलिस राई, कुलदीप अधिकारी, मनिराज पोखरेल, मनिराम पोखरेल थिए । त्यस्तै वैकल्पिकमा जगदिश अधिकारी, सुरेश कार्की, सुलभ पहारी र सुनील भण्डारी थिए ।

यस्तै चलचित्र पत्रकारको टिममा सन्दीप सापकोटा क्याप्टेन थिए । टिममा दिनेश सिटौला, आकाश खड्का, संगम क्षेत्री, नारायण रेग्मी, खगेन्द्र बुढाथोकी, आशिष ओली, बैकुण्ठराज पराजुली, अनुकुल अर्याल, उद्धव रसाइली, सन्तोष कुमार थापा रहेका थिए । यता वैकल्पिकमा दीपेन्द्र रायमाझी, निरज पन्थी, सीपी जैसी, सुरज पौडेल, सुजन पण्डित र राजु चौधरी थिए ।

फागुन ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सेन्टी भाइरस’ को प्रचारमा सघाउन पुर्‍याउने उद्देश्यले यो खेलको आयोजना गरिएको थियो ।

रामबाबु गुरुङ निर्देशित सिनेमाले दिलाएको मुनाफाको ५० प्रतिशत गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ प्रदान गरिने निर्माण टिमले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ८ : ०८ बजे

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड