अरुण तेस्रोको सुरक्षामा सशस्त्र प्रहरी परिचालन « Khabarhub

अरुण तेस्रोको सुरक्षामा सशस्त्र प्रहरी परिचालन


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको सुरक्षामा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

पछिल्लो समय अरुण तेस्रो परियोजनामा आगजनी र बम विस्फोटको घटना बढेपछि सुरक्षाका लागि अरुण गुल्म चैनपुरबाट ६५ जना सशस्त्र प्रहरी खटिएको सो गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव महतले जानकारी दिए ।

अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका दिदिङको पुखुवा, केराबारी, मकालु गाउँपालिकाको ड्याम साइड फ्याक्सिदा, आमराङ, सोलाखानी र खाँदबारी नगरपालिका–९ तुम्लिङटार स्थित कार्यालयमा सशस्त्र प्रहरी परिचालन गरिएको अरुण गुल्मले जनाएको छ । सशस्त्रले अरुण तेस्रोको सुरक्षामा आवश्यकताअनुसार थप गर्दै जाने बताएको छ ।

यसअघि नेपाल प्रहरीका ३५ जनाले सुरक्षा दिइरहेको थियो । भारतीय निर्माण कम्पनी सतलजले अरुण तेस्रो सुरक्षामा १५८ सशस्त्र प्रहरी माग गरेको थियो ।

विद्युत् गृहस्थल पुखुवा र अरुण तेस्रोको कार्यालय तुम्लिङटारमा अज्ञात समूहले पटक–पटक बम विस्फोट गराएका थिए । केही समयअघि अरुण तेस्रोको विद्युत् गृहस्थल पुखुवामा सुरुङ खन्न राखेको बुमरमा प्रेसरकुकर बम विस्फोट गराउँदा बुमरमा क्षति पुगेको थियो ।

अरुण तेस्रो परियोजनाको ड्याम साइड फ्याक्सिदामा जय प्रकाश एसोसियट्स र विद्युत् गृहस्थल दिदिङमा पट्टेल इन्जिनीयरिङ कम्पनीले कामको जिम्मा लिएका छन् ।

अरुण तेस्रो जलविद्युत् परियोजना लामो समयदेखि निर्माण हुने भनिए पनि त्यसले सार्थकता पाउन सकेको थिएन । २०४२ सालदेखि निर्माणको चर्चा चलेको भए पनि राजनीतिक विवाद र खिचातानीका कारण स्थगित हुँदै आएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  २ : ५२ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर