चीनमा कोरोनाभाइरसबाट १७ सयभन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित « Khabarhub

चीनमा कोरोनाभाइरसबाट १७ सयभन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले कोरोनाभाइरस महामारीबाट १७ सय जनाभन्दा स्वास्थ्यकर्मी संक्रमित भएको खुलासा गरेको छ ।

महामारीबाट संक्रमितहरुको उपचार गरिरहेका १७ सय १६ जना स्वास्थ्यकर्मीहरु आफैं संक्रमित भएको चीनको समाचार संस्थान सिन्ह्वाले खुलासा गरेको हो ।

सिन्ह्वाले जनाएअनुसार कोरोनाभाइरसबाट संक्रमित ६ स्वास्थ्यकर्मीको निधन भइसकेको छ । स्वास्थ्यकर्मीहरु ‘ज्यान दाउमा राखेर काम गरिरहेको’ चीनका राष्ट्रिय स्वास्थ्य आयोगका उपमहानिर्देशक जङ यिसिनलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

उनका अनुसार कोरोनाभाइरसबाट महामारीबाट सबैभन्दा धेरै प्रभावित वुहान शहरमा मात्र ११ सय २ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । त्यसबाहेक हुबेई प्रान्तका अरु शहरहरुमा ४ सय जना संक्रमित भएको उनको भनाइ छ ।

चीनमा कोरोनाभाइरसको संक्रमणबाट हालसम्म १४ सयभन्दा धेरै मानिसको ज्यान गइसकेको छ भने अरु हजारौं संक्रमित भएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ८ : ४१ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री