गोर्खा भर्तीबारे पुनरावलोकन गर्न माग गर्दै नेपालले बेलायतलाई लेख्यो पत्र « Khabarhub

गोर्खा भर्तीबारे पुनरावलोकन गर्न माग गर्दै नेपालले बेलायतलाई लेख्यो पत्र


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोर्खा भर्तीबारे पुनरवलोकन गर्दै नेपालले बेलायतलाई पत्र लेखेको छ ।

सात दशकभन्दा पहिले नेपाल, भारत र बेलायतबीच भएको एउटा त्रिपक्षीय सन्धिको पुनरवलोकन गर्न माग गर्दै नेपालले औपचारिक पत्र पठाएको देखिएको छ।

दुईदिन अघि परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित बेलायत राजदूतावासलाई पठाएको पत्रमा नेपालले त्रिपक्षीय सन्धिको पुनरवलोकन र अवकाशप्राप्त गोर्खाका गुनासाहरूबारे वार्ताका लागि प्रस्ताव गरेको छ।

पत्रबारे परराष्ट्र मन्त्रालयका अधिकारीहरूले औपचारिक जानकारी भने नदिएको बीबीसीले उल्लेख गरेको छ ।

बेलायत उपनिवेशबाट भारत स्वतन्त्र भएपश्चात् गरिएको सन्धिकै प्रावधानका आधारमा नेपाली नागरिकहरू बेलायत र भारतीय सेनामा भर्ती हुँदै आएका छन्।

सन् १९४७ मा भएको सन्धिपश्चात् नेपालले यसप्रकारको औपचारिक पत्र पठाएको यो नै पहिलो पटक भएको बताइएको छ।

गत जुन महिनामा भएको प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमणका बेला उनले समकक्षी टेरिजा मेसँग पनि सन्धि पुनरवलोकनको प्रस्ताव राखेका थिए।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ९ : १७ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक