मोबाइलको पासओर्ड बिर्सिनु भयो, यस्तो छ आफैंले खोल्ने उपाय « Khabarhub

मोबाइलको पासओर्ड बिर्सिनु भयो, यस्तो छ आफैंले खोल्ने उपाय


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मोवाइलमा भएको व्यक्तिगत जानकारी तथा डेटाहरु सुरक्षित गर्न पासवर्ड, प्याटर्न, स्क्रीन लक, फिंगरप्रिन्ट सेन्सर लगायतका सेक्योरिटी फीचरको प्रयोग गरिन्छ ।

स्मार्टफोन अन्य व्यक्तिहरुले नचलाउन र निजी जानकारी नहेरुन भनेर अधिकांशले यस्तो सेक्योरिटी फीचर नियमित प्रयोग गर्दछन् । तर कहिलेकाँही पासओर्ड बिर्सिएर आफैं हैरानीमा समेत फसिन्छ ।

यो बेला अनलकका लागि प्राविधिककोमा पुगेर उल्टै रकम समेत खर्चिनुपर्ने बाध्यता आइलाग्छ । यस्तो समस्याको बेलामा तपाईँले आफैं पनि आफ्नो डिभाइस अनलक गर्न सक्नुहुन्छ ।

तरिका १ – फोन म्यानेजरको प्रयोग

यसको लागि तपाईँले आफ्नो पर्सनल कम्प्यूटर वा फोनबाट https://myaccount.google.com/find-your-phone-guide मा जानु पर्ने हुन्छ ।

त्यसपछि आफ्नो गूगल एकाउन्ट लग इन गर्नुहोस् । तपाईँको कम्प्यूटरको स्क्रीनमा एउटा लिस्ट खुल्नेछ । त्यहाँबाट तपाईँले आफ्नो डिभाइसको छनौट गर्नुपर्छ जून तपाईँ अनलक गर्न चाहनुहुन्छ ।

त्यसपछि तपाईँको स्क्रीनमा लक योर फोन (Lock your phone) आउनेछ । यसमा क्लिन गर्नुहोस् । अब एक नयाँ पासवर्ड राख्नुहोस् । फेरी त्यसको तल दिईएको लक बटनमा ट्याप गर्नुहोस् ।

यति गरिसकेपछि तपाईँले आफ्नो लक भएको फोनमा नयाँ पासवर्ड राखेर फोन अनलक गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ७ : २५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्