शितलहरले मानिस मर्न छाडे यो आंकडा मात्र हैन अनुभूति पनि होः प्रधानमन्त्री ओली « Khabarhub

शितलहरले मानिस मर्न छाडे यो आंकडा मात्र हैन अनुभूति पनि होः प्रधानमन्त्री ओली

भोकमरी हटेको दावी


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा गरिवी भए पनि भोकमरी अन्त्य भएको दावी गरेका छन ।

दुई बर्षमा मानव विकास सूचाकांक, व्यवसाय गर्ने सहज बाताबरण , भोकमरीको अवस्था , शान्ति तथा कानूनी शासन भ्रष्टाचार निवारण, पर्यटकिय प्रतिस्पर्धा, लैंगिक समानता जस्ता विश्वव्यापी सूचकांकमा नेपालले उल्लेख्य सुधार गरेको प्रधानमन्त्रीले दावि गरेका छन ।

‘नेपालमा गरिवी अवश्य छ तर अव यहाँ कोही भोकै पर्दैन, कोही भोकले मर्दैन ।’ प्रधानमन्त्री ओलीले भने ।

पहिला सरकारका प्रतिबद्धता र उदेश्यबारे चर्चा गर्दा गफ गरेर हुन्छ भनेर हुँदै आएका आलोचना परिस्थिती र परिवेस अनुसार फेरिन थालेको उनले बताएका छन ।

‘यो एक बर्षदेखि एउटा थेगो जस्तै अंक र आंकडाले हुन्छ, ग्लोबल इन्डेक्सबाट हैन जनतामा इम्प्रेसन के छ बुझ भन्ने जस्ता कुराहरु सुनिन थालेको छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता तर्क सुन्दा म बेलाबेलामा बिस्मित पनि हुन्छु ।’

सम्बोधनको सुरुवातबाटै कांग्रेसप्रति कटाक्ष गरेका प्रधानमन्त्री ओलीले यसपटक आफुले आंकडा मात्र हैन अनुभूति पनि लिएको आएको बताए ।

‘अंकमा हैन अनुभूती नै सही । इन्डेक्स हैन इम्प्रेसनकै कुरा गरौं न त । यो सरकार गठन हुनुअघि तराईमा शितलहर र हिमालमा जाडोले कठ्यांग्रिएर हरेक हिउँदमा दर्जनौं मानिसहरु मर्थे । विगत दुई बर्षयता जाडो वा शितलहरबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन ।’ ओलीले भने, ‘यो अंकमात्र हैन अनुभूति पनि हो ।’

भरखरै राष्ट्रिय सभाको चुनावको नतिजाले पनि जनतामा के अनुभूति छ भन्ने  जवाफ दिएको उनले दावी गरे ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  १२ : २८ बजे

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

तम्घास–रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ

एड्सको अन्त्य गर्न स्वास्थ्यमन्त्री गौतमको आह्वान

काठमाडौँ– ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका

तोरीले पहेँलपुर चितवन (तस्बिरहरू)

काठमाडौं– खाद्य तथा नगदेबाली उत्पादनका दृष्टिकोणले नेपालका तराई क्षेत्र प्रमुख

शुक्लाफाँटाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको

आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट तीन