राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक संविधान विपरित: कांग्रेस (विज्ञप्ति सहित) | Khabarhub Khabarhub

राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक संविधान विपरित: कांग्रेस (विज्ञप्ति सहित)


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीलाई सेना परिचालनको अधिकार समेत दिने गरी सरकारले संसदमा दर्ता गरेको राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ संविधानविपरित भएको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसले विरोध गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा संविधानको धारा २६७ को उपधारा ६ विपरित सरकारले विधेयक संसदमा दर्ता गराएको भन्दै सच्याउन सरकारसँग माग समेत गरेको छ ।

काँग्रेसले सुरक्षा परिषद्को सिफारिशमा सरकारको निर्णयअनुसार राष्ट्रपतिले सेना परिचालन गर्ने संवैधानिक व्यवस्थाविपरित विधेयक ल्याएको भन्दै सेना परिचालनको अधिकार प्रधानमन्त्रीमा निहित गराउने प्रस्ताव ल्याउने कामले सरकारको अधिनायक बन्ने आकांक्षालाई थप पुष्टि गरेको निष्कर्ष निकालेको छ ।

विधेयकमा व्यवस्था गरिएको सुरक्षा परिषद्को बैठक नबसी सेना परिचालन गर्न मिल्ने व्यवस्था गरिनु नेपाली सेनाको नेतृत्वलाई सरिक नगराई सेना प्रयोगको गम्भीर मोडमा पुग्ने प्रपञ्चका रुपमा समेत लिएको काँग्रेसले जनाएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ७ : ५३ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा