सभामुखले निर्णयार्थ पेश गर्नासाथ एमसीसी पास हुन्छ : प्रधानमन्त्री ओली « Khabarhub

सभामुखले निर्णयार्थ पेश गर्नासाथ एमसीसी पास हुन्छ : प्रधानमन्त्री ओली


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास हुने बताएका छन् ।

सरकार गठन भएको दुई वर्षमा गरेका कामबारे शनिबार संसद्लाई जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले सभामुखले संसदमा पेश गर्नासाथ एमसीसी पास हुने बताएका हुन् ।

एमसीसी बारेको विवाद राजनीतिक दलहरुको विषय भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । एमसीसीबारे उनकै दल नेकपामा विवाद रहेको छ । जसका कारण नेकपाले एमसीसी अध्ययन कार्यदल नै गठन गरेको छ ।

तर प्रधानमन्त्री ओलीले भने सरकार एमसीसी पास हुने बताए ।

संसदमा प्रधानमन्त्री ओलीले भने, ‘एमसीसीबारे विवाद होला, अलि-अलि बुझ्न बाँकी होला । राजनीतिक दलहरुको विषय होला । राजनीतिक दलहरुले अध्ययन गर्लान्, यो आफ्नो ठाउँमा छ । तर सरकारले अनुमोदनका लागि संसदमा पेश गरेको छ । सभामुखले निर्णयार्थ पेश गर्नासाथ पास हुन्छ ।’

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ६ : १७ बजे

इजरायलमा इरानी मिसाइल आक्रमण, एकैठाउँ मर्नेको संख्या ८ पुग्यो, २७ जना घाइते

तेलअभिभ- इजरायलको बेइत शेमेश सहरमा इरानले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा

‘हर्षाेल्लासका साथ अस्ट्रेलियामा होली मनाइयो’

काठमाडौं– अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले मौलिक धर्म संस्कृतिको जगेर्ना गर्दै

अर्थसंक्षेप : गाई फार्ममा रमाउँदै धनकुटाका कमलबहादुर, गौरवको योजना सूर्यविनायक-धुलिखेल सडक र नेप्से झिनो अंकले बढ्यो

धनकुटाको पारिछाप्राङका कमलबहादुरको नमूना गाई फार्म पछिल्लो समयमा नेपालमा स्वरोजगार

देउवाको बिदाइसँगै कांग्रेसमा समाहित भयो नेपाली कांग्रेस (बी.पी.)

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवासँगको टसलका कारण जन्मिएको नेपाली कांग्रेस

सरकारले भन्यो– मध्यपूर्वका विमानस्थलमा अलपत्र नेपालीलाई त्यहीँ सुरक्षा प्रबन्ध गरेका छौँ

काठमाडौं– सरकारले मध्यपूर्वमा देशको विमानस्थलमा रहेका नेपालीहरूलाई सोही स्थानमा सुरक्षित