अफगानिस्तानमा भीडन्त: ५० बढी सुरक्षाकर्मी तालिबानको नियन्त्रणमा « Khabarhub

अफगानिस्तानमा भीडन्त: ५० बढी सुरक्षाकर्मी तालिबानको नियन्त्रणमा


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान– पश्चिमी अफगानिस्तानको बदगिश प्रान्तमा इस्लामिक लडाकु समूह तालिबानका लडाकुहरु तथा सरकारी सेनाबीच भीडन्त बढ्दै जाँदा तालिबान लडाकुले ५० जनाभन्दा धेरै सीमा सुरक्षा प्रहरीलाई पक्राउ गरेका छन् ।

तुर्कमेनिस्तानसँग सीमा जोडिएको क्षेत्रमा तालिबानले आक्रमण गरेपछि त्यहाँ रहेका १ सय भन्दा धेरै सीमा सुरक्षा प्रहरी त्यहाँबाट तुर्कमेनिस्तानतर्फ भाग्न खोजेका थिए । तर, तुर्कमेनिस्तानतर्फ उनीहरुलाई प्रवेश नदिइएपछि उनीहरुमध्ये ५० जनाभन्दा धेरैले तालिबानसमक्ष आत्मसमर्पण गरेको स्थानीय अधिकारीले जनाएका छन् ।

तालिबानसँग वषैँदेखि लडिरहेका सुरक्षाकर्मीले आत्मसमर्पण गरेपछि तालिबान लडाकुले उनीहरुको हत्या गर्नसक्ने चिन्ता रहेको बताइएको छ । यता तालिबानले भने उक्त भीडन्तमा ९० जना अफगान सुरक्षाकर्मी आत्मसमर्पण गरेको जनाएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा सन्देश जारी गर्दै आत्मसमर्पण गरेका ९० बाहेक अरु धेरै अफगान प्रहरी आफ्नो कारवाहीमा मारिएको तालिबानले जनाएको छ । भीडन्तमा तालिबान तर्फ कति हताहति भयो भन्ने बारे स्पष्ट भइसकेको छैन ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ९ : ५९ बजे

संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्छ : गुरु बराल

काठमाडौं– नेकपा (एमाले) का सांसद गुरु बरालले संसद्को गतिरोध अन्त्य

आर्थिक विधेयकमा संसदीय छानबिन समिति आवश्यक : वर्षमान पुन 

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले संसदमा

‘रोल नम्बर १’को व्यापार ९४ लाख, ‘लालीबजार’को कति ?

काठमाडौं – जेठ १५ बाट प्रदर्शनमा आएको फिल्म ‘रोल नम्बर

रास्वपा बागमती प्रदेशको अधिवेशन हेटौँडामा

बागमती– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको मकवानपुरको हेटौँडामा मङ्गलबार

प्रतिनिधिसभा भोलीसम्मका लागि स्थगित 

काठमाडौं– प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबारसम्मका लागि स्थगित गरिएको