दक्षिण अफ्रिकाविरुद्धको टी – ट्वान्टी सिरिज इङ्ल्याण्डलाई « Khabarhub

दक्षिण अफ्रिकाविरुद्धको टी – ट्वान्टी सिरिज इङ्ल्याण्डलाई


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज इंग्ल्यान्डले २- १ ले जितेको छ ।

सेन्चुरियनमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज २-१ ले जितेको हो ।

दक्षिण अफ्रिकाले दिएको २ सय २३ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

इंग्ल्यान्डको जितमा कप्तान इयान मोर्गनले अविजित ५७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले २१ बलमा अर्धशतक पुरा गर्दै सर्वाधिक कम बलमा अर्धशतक पुरा गर्ने कीर्तिमानमा बराबरी गरे ।

यस्तै जोनी बेयरस्ट्रोले ६४ तथा जोस बटलरले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । दक्षिण अफ्रिकाका लुंगी नेग्दीले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका हेन्रिच क्लासेनले ६६ रनको अर्धशतकीय इनिङ्स खेल पनि इंग्ल्याण्डलाई हराउन सकेनन । यस्तै टेम्बा बाभुमाले ४९ रन बनाए । क्विनटन डी कक र डेभिड मिल्लरले समान ३५/३५ रन बनाए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ६ : १७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका